अर्थ-वाणिज्य

माधवकुमार नेपाल समूहका कार्यकर्ताहरुलाइ २३ फागुन यताको समय राजनीतिक जीवनको अप्ठ्यारो र पीडादायी समय किन भयो त ?



काठमाडौं, १० मंसिर : गत २०७७ फागुन–चैत तिर नेकपा (एमाले) निकै अप्ठ्यारोमा थियो । २३ फागुनमा सर्वोेच्च अदातलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत अवस्थामा फकाई दिएको थियो । खासगरी तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता तथा कार्यकर्ताहरुले ‘२३ फागुन यताको समय राजनीतिक जीवनको अप्ठ्यारो र पीडादायी समय’ को रुपमा व्याख्या गर्ने गरेका थिए ।

अदालतको फैसलापछि एमालेका वरिष्ठ नेता नेपाल समूह २४ फागुनमा एमाले क्रियाशिल बन्ने निर्णय गरेर फर्किएको थियो । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू निकट नेताहरुको बैठक राखेर नेपाल समूहलाई फर्किन अप्ठ्यारो हुने गरी विभिन्न निर्णय गरे ।

अध्यक्ष ओली अदालतको फैसला र पार्टीको विधान विपरीत पार्टी कब्जा गर्ने नीतिमा लागेको भन्दै नेपाल समूह नराम्ररी झस्कियो । ‘प्रवेश निषेध’ पछि धुम्बाराही हिंडेको नेपाल समूह ललितपुरको झम्सीखेल (फागुन ४–५ राष्ट्रिय भेला) तिर लाग्यो । यो भेलाले गरेका निर्णयको बारेमा नेपाल समूहभित्रका नेताहरुले आ-आफ्ना सुविधा अनुसार व्याख्या गरे ।

तलैसम्म समानान्तर कमिटी बनाएर अलग पार्टीको अभ्यास गर्ने निर्णयमा पुगेपछि धेरै नेताहरुले अलग पार्टी निर्माण गर्ने पक्षमा उभिए । तर ती मध्येमा सचिव योगेश भट्टराईले भने सुरुदेखि अलग पार्टी निर्माणमा सहमति जनाएनन् । ‘पार्टी एकता’को पक्षमा उनी दृढ भएर उभिए । उनको प्रष्ट अडान थियो, ‘एकता बाहेक अर्को विकल्प छैन । बाटो छैन ।’

अन्तर संघर्ष चलिरहेकै बेला योगेशले तत्कालिन वरिष्ठ नेता तथा विचार समूहका प्रमुख नेता माधव नेपाललाई २०७७ फागुनको दोस्रो साता भेटेर भनेका थिए, ‘तपाईले अलग पार्टी बनाउनुहुन्छ भने बनाउनुहोस् तर म त्यो पार्टीमा लाग्दिन । एमालेमा मलाई सदस्यबाट पनि निकाल्लान् । तर म यहिँ बस्छु । एमालेको सांसदको रूपमा संसदमा र मतदातको रूपमा सूर्यमा भोट हालिदन्छु ।’

ललितपुरको झम्सीखेल (२०७७ फागुन ४–५) मा भएको राष्ट्रिय भेलापछि तत्कालिन माधव नेपाल समूहको केन्द्रीय कमिटी र स्थायी कमिटीको कैयन बैठकहरु बस्यो । तर योगेश आफ्नो अडानमा सधैं अबिचलित रहे । हाल नेकपा (एकीकृत समाजवादी)का पदाधिकारी रहेका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘योगेशजी चहिँ सुरुदेखि नयाँ पार्टी निर्माणको बिपक्ष र एकताको पक्षमा नै दृढ हुनुहुन्थ्यो ।’

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६