अर्थ-वाणिज्य

एमाले सधैँ देशवासीप्रति चिन्तित रहने पार्टी र समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएको केपि ओलि को दाबी



चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’

ओलीले नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताएका छन् । उनले यो पार्टी सिर्जनशील व्यक्तिहरूको पार्टी भएका बताएका छन् । आफ्नो सिर्जनशीलताले देश विकास र सम्पन्न बनाउन उनले आग्रह गरेका छन् ।

उनले नेकपा एमाले सधैँ देशवासीप्रति चिन्तित रहने पार्टी भएको र सोहीअनुसार समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएको दाबी गरेका छन् । उनले अब नेपाली सन्ततिले दुःख, अशान्ति, बेरोजगारी, अभाव, बिरामी, रोगी भएर बस्नु नपर्ने पनि बताएका छन् । यस्ता विषय अब सिनेमा र डकुमेन्ट्रीमा मात्रै देखिने उनकाे भनाइ छ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६