अर्थ-वाणिज्य

एमालेको महाधिवेशनमा रुपन्देहीबाट एक दर्जनजति नेताहरुले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरे



बुटवल-नेकपा एमालेको महाधिवेशनमा रुपन्देहीबाट एक दर्जनजति नेताहरुले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरेका छन्। 


रुपन्देहीलाई राजनीतिको आधार क्षेत्र बनाएका उपमहासचिव विष्णु प्रसाद पौडेल महासचिव वा वरिष्ठ उपाध्यक्ष भन्ने चर्चा चलिरहेकै बेला रुपन्देहीका एक दर्जनजति नेताहरुले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरेका हुन्। 


आकांक्षा व्यक्त गर्ने अधिकांश राष्ट्रिय सभा सदस्य, प्रदेश सांसददेखि नगरका प्रमुख उपप्रमुखसम्म छन्। यसअघि केन्द्रीय सदस्य रहेकाहरु फेरि पनि सोही पदमा दोहोरिने चाहनाका साथ प्रचारप्रसार र शीर्ष नेताहरुसँग परामर्शमा लागेका छन्। 


रूपन्देही-२ बाट महाधिवेशन प्रतिनिधि बनेका प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमाका प्रमुख वासुदेव घिमिरे, बुटवलकै उपप्रमुख गुमादेवी आचार्य, सावित्रा अर्याल, कमल गौतम, नेत्र पन्थी, कमला विश्वकर्मालगायतका नेताहरु दशौं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि प्रचारमा जुटेका हुन् । 


हाल केन्द्रीय कमिटीमा रहेका प्रदेश अध्यक्षसमेत रहेका लिला गिरी, माओवादीबाट एमाले प्रवेश गरेका दधिराम न्यौपाने, जिल्ला समन्वय समितिका अध्यक्ष एकराज बिश्वकर्मा र राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले पनि दोहोरिने इच्छा व्यक्त गरेका छन्। 


हाल उपमहासचिव रहेका घनश्याम भुसाल पनि रुपन्देहीकै हुन्। उपमहासचिव पौडेलको जस्तै उनको पनि कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो लागेको छैन। उपाध्यक्षमा उनको चर्चा चलेपनि उनले मुख खोलेका छैनन्। यस्तै हाल स्थायी कमिटि सदस्य रहेका छविलाल विश्वकर्मा र राधा ज्ञवालीले पनि उम्मेदवारी दिनका लागि कार्यकर्तामाझ माहोल बनाउन थालेका छन्।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६