अर्थ-वाणिज्य

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताको शुभकामना



चितवन, १० मंसिर । चितवनको भरतपुरमा रहेको नारायणी नदी किनारमा आज शुक्रवादेखि सुरु भएको एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको छ ।

यस्तै एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिस्ट पार्टीको एकता अनिवार्य रहेको बताउनुभयो । उहाँले राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राख्नुभयो ।

‘कम्युनिस्ट आन्दोलनलाई सफलताको शिखरमा पुर्‍याउन एकता र ध्रुवीकरण अपरिहार्य छ’, उहाँले भन्नुभयो, ‘विचार र कार्यदिशा एकताको आधारशिला हो । एक्लो यात्राले समृद्धि हासिल गर्न कठिन छ ।’ राष्ट्रिय हितका विषयमा सबै एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । एकता, सङ्घर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो भन्दै नेता पोखरेलले कम्युनिस्ट पार्टीको बीचमा मतभेद र तिक्तता भए पनि सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले संविधानलाई समावेशी र सङ्घीयतालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० का अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो । ओलीले मधेश आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गरेको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट पार्टी एकजुटको विकल्प नरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट एकताले मात्र देश र नागरिकको हित हुने धारणा राख्नुभयो । देश र नागरिकका लागि दल एक ढिक्का हुनुको विकल्प नरहेको केसीको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेका अध्यक्ष ओलीले राष्ट्रको हितमा काम गरेर नेपाली नागरिकलाई गुन लगाएको बताउनुभयो । ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेको उहाँको भनाइ थियो ।

चीनसँग व्यापार र पारवहन सम्झौता गर्न सफल भएको अध्यक्ष थापाले बताउनुभयो ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६