जीवनशैली

१७ वर्षीय छोरीलाई २ वर्षदेखि बलात्कार गर्ने बुवालाइ मारेको आरोपमा ४ किशोर पक्राउ



नयाँदिल्ली ११ मंसिर । भारतको बेङ्गलुरुमा ४६ वर्षीय पुरुषको हत्या आरोपमा प्रहरीले चार किशोरलाई पक्राउ गरेको छ । बीबीसी हिन्दीका अनुसार आफ्नी १७ वर्षीया छोरीलाई दुई वर्षदेखि लगातार बलात्कार गरेको आरोपमा उनीहरूले ती पुरुषको हत्या गरेका हुन् । अभियुक्त सबै पीडित बालिकाका सहपाठी रहेको बताइएको छ ।

रिपोर्टका अनुसार मृतककी छोरीले आफ्ना कक्षाका एक साथीलाई गत हप्ता आफ्ना बुबाले फेरि बलात्कार गर्न खोजेको गुनासो गरेकी थिइन् । त्यही क्रममा उनकी आमा गृहनगर कलबुर्गी गएकी थिइन् । बालिकाका बुबा बैंगलोरको एउटा इन्स्टिच्युटमा सेक्युरिटी म्यानेजरका रूपमा काम गर्थे । बालिकाले बलात्कारको कुरा जुन सहपाठीलाई बताएकी थिइन्, उनले आफ्ना कक्षाका थप तीन जना साथीलाई हत्यामा संलग्न गराएको ।

आरोप छ । उनीहरू सबैले गत आइतबार अबेर राति घरमै गएर ती व्यक्तिको हत्या गरेका हुन् । उनीहरू पुगेपछि पीडित किशोरीले ढोका खोलेकी थिइन् । त्यसपछि ती चार किशोरले ती किशोरीका बुवालाई बन्चरो र अन्य धारिलो हतियारले हानेर हत्या गरेका हुन् ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६