अर्थ-वाणिज्य

नेकपा एकीकृत समाजवादी शुद्धोधनको अध्यक्षमा युसुफ चयन



कपिलवस्तु ११ मंसिर ।नेकपा (एकीकृत समाजवादी) शुद्धोधन गाउँपालिका कमिटीको अध्यक्षमा युसुफ मुसलमान चयन हुनुभएको छ । आज कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको लवनी चौराहमा भएको गाउँपालिका भेलाले मुसलमान अध्यक्ष रहेको ५१ सदस्यिय पालिका कमिटी गठन गरेको हो ।

जसको उपाध्यक्षमा गोपाल तेली, सचिवमा फूलचन्द यादव, उप सचिवमा गफ्फार मुसलमान रहनुभएको छ भने अन्य सदस्यहरुमा रहनुभएको क्षेत्रीय इन्चार्ज समेत रहनुभएका पार्टीका जिल्ला कमिटी उपाध्यक्ष नेत्रलाल खनालले जानकारी दिनुभयो ।

यस्तै भेलाले गाउँपालिकाका ६ वटै वडामा वडा कमिटी पनि गठन गरेको छ । जसमा वडा नं. १ को वडा कमिटी अध्यक्षमा अवदेश कुमार चौधरी, वडा नं. २ को अध्यक्षमा जलिल खाँ मुसलमान, वडा नं. ३ को अध्यक्षमा गोपाल तेली, वडा नं. ४ को अध्यक्षमा गफ्फार मुसलमान, वडा नं. ५ को अध्यक्षमा मकबुल फकिर र वडा नं. ६ को अध्यक्षमा महबुब मुसलमान रहनुभएको क्षेत्रीय इन्चार्ज खनालले बताउनुभयो ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर खत्रीले मधेसी जनताको हक हितको लागि लड्ने पार्टी आफुहरुको भएको बताउनुभयो । समानता मुलक समाज निर्माण गरी समाजवादमा दिशामा आफुहरु जान चाहेको उहाँले प्रष्ट्याउनुभयो ।

प्रथम गाउँपालिका भेलामा पार्टीका निर्वाचन आयोगका केन्द्रीय सदस्य अहमद अब्दुल रउफ, जिल्ला अध्यक्ष लंका बहादुर हमाल, प्रदेश कमिटी सदस्य लिला खनाल, जिल्ला उपाध्यक्ष नेत्रलाल खनाल, जिल्ला सचिवालय सदस्य फैजल खाँ, लगायतले बोल्दै एकीकृत समाजवादीको पार्टी विस्तारको अभियानमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६