अर्थ-वाणिज्य

एमालेको निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया आइतबार बिहान ८ बजेबाट सुरु हुने



चितवन् १२ मंसिर । एमालेको १०औँ महाधिवेशनअन्तर्गत निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया आइतबार बिहान सुरु हुने भएको छ। आइतबार बिहान ८ बजेबाट निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए। एमालेको महाधिवेशन चितवनमा जारी छ। 

एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरी विधान संशोधन गरिसकेकाे छ । संशोधित विधानअनुसार प्रक्रिया थाल्ने सुब्बाले बताए। बन्दसत्रले सहमतिमा पदाधिकारी र सदस्य छान्ने जिम्मा अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीलाई दिएको छ । तर, अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले त्यसमा आपत्ति जनाएका छन्। 

रावलले आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको र सोहीअनुसार उम्मेदवारी दिने बताएका छन्। 

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६