अर्थ-वाणिज्य

नो पार्किङ लेखिएको वोर्डलाई वेवास्ता गरि मोटरसाईकल, स्कुटर, अटोहरु पार्किङ किन लापरबाही हुँदै छ् त ?



तुल्सिपुर
१२-मंसिर । जुन स्थानमा ‘नो पार्किङ’ लेखिएको छ तर ‘नो पार्किङ’ लेखिएको वोर्डलाई वेवास्ता गरि मोटरसाईकल, स्कुटर, अटोहरु पार्किङ गरिएको छ । पार्किङ गरिएको मोटरसाईक नजिकैबाट हजारौ सवारीका साधनहरु गुडिरहेका हुन्छन् । यो दृष्य तुलसीपुरमा रहेको यातायात व्यवस्था कार्यालय तुलसीपुरको हो । यसरी ‘नो पार्किङ’ लेखिएको वोर्ड अगाडी लगेर मोटरसाईकल, स्कुटर लगेर राख्नु सवारी चालकहरुको रहर भने पक्कै होइन ।

यसरी यातायात ब्यवस्था कार्यालय तुलसीपुर परिसरमा पार्किङको ब्यवस्था नहुँदा सेवाग्राहीले सास्ती भोगिरहेका छन् । अहिले यातायात ब्यवस्था कार्यालय तुलसीपुरमा करिब १ लाख सवारी साधन दर्ता रहेको तथ्यांक छ । कार्यालयमा दैनिक रुपमा १५० बढी सवारी साधन नामसारी हुने गरेको छन् भने कर बुझाउन १५० बढी सवारी साधन र जाँचपास बनाउन वा नवीकरण गर्न २० बढी सवारीसाधन कार्यालयमा आउने गरेको यातायात ब्यवस्था कार्यालयले जानकारी दिएको छ । त्यस्तै अहिले नयाँ लाईसेन्सको अनलाईन आवेदन खुलेकाले दैनिक रुपमा २५० जनासम्म नयाँ बायोमेट्रिकका लागि सेवाग्राही आउने गरेका छन । तर पार्कीङ स्थल नहुँदा सेवाग्राहीहरु ‘नो पार्किङ’ लेखिएको स्थान र सडकमै पार्किङ गर्न बाध्य छन् । सवारी साधन दर्ता, नामसारी, जाँचपास नवीकरण लगायतका कामका लागि अनिवार्य सवारी साधन देखाउनुपर्ने ब्यवस्था रहेको छ । तर अत्याधिक सवारी साधनको चाप हुने यातायात ब्यवस्था कार्यालयमा पार्किङको उचित ब्यवस्था भने छैन । सवारी साधन पार्किङको ब्यवस्था नहुदाँ सेवाग्राहीले निकै सास्ती भोग्नुपरेको बबई गाँउपालिकाबाट सवारी साधन नामसारी गर्न यातायात ब्यवस्था कार्यालय तुलसीपुर आएका ईन्द्रलाल वलीले बताए ।

तुलसीपुर घोराही सडकखण्डको छेउमा रहेको यातायात ब्यवस्था कार्यालयको अब्यवस्थित पार्किङले दुर्घटनाको जोखिम समेत उतिकै बढाएको छ । भने सेवाग्राहीहरु बेलाबेलामा ट्राफिक जरिवानाको समेत भागिदार हुनुपरेको छ । पार्किङको उचित ब्यवस्थापन नहुँदा सेवाग्राही मर्कामा परेको यातायात ब्यवस्था कार्यालयले समेत स्वीकार गरेको छ । पार्किङ ब्यवस्थापनका लागि पार्किङ स्थलको अभाव रहेको र यसको समाधानका लागि कार्यालय सार्नुको विकल्प नरहेको यातायात ब्यवस्थापन कार्यालय तुलसीपुरका निमित्त कार्यालय प्रमुख सरोज भण्डारीले जानकारी दिए । उनले भने सवारी साधनको चाप धेरै छ, सवारी साधन चेकजाँच गर्न कर्मचारीले समेत बाटोमा गएर चेकजाँच गर्नुपर्ने अवस्था छ । यातायात ब्यवस्था कार्यालयको पार्किङको समस्या स्थापनाकालदेखि कै हो । लामो समयसम्म पनि पार्किङ ब्यवस्थापनमा कार्यालयले ध्यान नदिँदा सवारी दुर्घटनाको समेत जोखिम भएको छ । पार्किङ स्थल नहुदाँ स्मार्ट सिटीको परिकल्पना बोकेको तुलसीपुर बजार समेत कुरुप देखिने गरेको छ ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६