अर्थ-वाणिज्य

नेतृत्व चयनका लागि ९० प्रतिशत सहमति भइसकेको दाबी :एमाले



चितवन १२ मंसिर – एमालेको जारी महाधिवेशनको बन्दसत्र ८ बजेदेखि शुरू हुने भएको छ।

नेतृत्वमा सहमति जुटाउन नसक्दा बिहान १० बजेका लागि तोकिएको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन।

ओलीसँग भेट गरेपछि नेता गोकुल बाँस्कोटाले सञ्चारकर्मीसँग भने, ‘बन्दसत्र साँझ ८ बजेदेखि सुरु हुन्छ।’ उनले बन्दसत्रमा धेरै बेर छलफल नहुने पनि स्पष्ट पारे।

बाँस्कोटाले भने, ‘बन्दसत्र सुरु हुनासाथ सकिन्छ।’ उनले पनि पदाधिकारीसँगै सदस्यहरुमा सहमति भइसकेको बताए। बन्दसत्र सुरु भएपछि अध्यक्ष ओलीले नामावली पढेर सुनाउने र त्यसपछि सक्ने तयारीमा नेताहरु छन्।

यसअअघि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरूले पनि नेतृत्व चयनका लागि ९० प्रतिशत सहमति भइसकेको दाबी गरेका थिए।

नेता पृथ्वीसुब्बा गुरुङले ९० प्रतिशत सहमति भइसकेको बताएका थिए।

उनले भनेका थिए,  ‘नेतृत्वको टुंगो आजै  बन्दसत्रबाट लगाइनेछ।’
उनले अध्यक्षमा उम्मेदवारको घोषणा गरेका भीम रावलका विषयमा भने सहमति जुट्न बाँकी रहेको बताए।

गुरुङले भने,  ‘रावलजीबारे भने सहमति जुटाउन प्रयास जारी छ। त्यसपछि शतप्रतिशत पुग्छ।’ 

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६