अर्थ-वाणिज्य

कच्चा तेलको मूल्य प्रतिब्यारेल १० डलरले घट्दै



काठमाडौं, १३ मंसिर । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल निगमका अनुसार करिब एक हप्ताअघि प्रतिब्यारेल ८२ डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव र अमेरिकाले रणनीतिक भण्डारणबाट पाँच करोड ब्यारेल पेट्रोलियम पदार्थ निकासा गरेपछि कच्चा तेलको मूल्य घट्न थालेको निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘कच्चा तेलको मूल्य बिस्तारै घट्न थालेको छ, विशेष गरी अमेरिकाले भण्डारण गरेको तेल बजारमा पठाउनु र कोरोनाको नयाँ भेरियन्टका कारण घट्ने सम्भावना छ, सुधारको सङ्केत देखिएको छ ।’

निरन्तरको मूल्य वृद्धिले हरेक १५ दिनमा दुई अर्ब घाटा बेहोरिरहेको निगमले सञ्चित रकमबाट पूर्ति गरिरहेको छ । निगमसँग हाल सञ्चित रकम करिब छ अर्ब रुपियाँ रहेको छ । पछिल्लो घाटालाई हेर्दा सो रकम तीन महिना पुग्ने देखिन्छ । मूल्य स्थिरीकरण कोषमा १२ अर्ब रुपियाँ सञ्चित छ, जुन रकम चलाइएको छैन । स्थिरिकरण कोषको रकम निकासाका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुमति दिनुपर्छ ।

कर्मचारी बोनसका लागि सञ्चित गरिएको रकम तीन अर्ब रुपियाँ छ । सो रकम पनि नचलाइएको निगमका प्रवक्ता उपाध्यायले बताए । यी सब गर्दा निगमसँग हाल २१ अर्ब रुपियाँ रकम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य छिट्टै नघट्ने हो भने नेपालको घाटा निगमले लामो समय थेग्न नसक्ने निगमले जनाएको छ । तत्कालका लागि सञ्चित रकमबाट कारोबार गरिए पनि लामो समय टिक्न नसकिने उपाध्यायको भनाइ छ ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६