अर्थ-वाणिज्य

७ मन्त्रालय फुटाएर १४ बनाएपछि सर्बत्र बिरोध



हेटौंडा १८ मंसिर -बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् गठन गर्नुहुने भएको छ ।कात्तिक ११ गते गठबन्धनबाट नेतृत्व गर्दै सत्तारोहण गरेका नेकपा(एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका पाण्डेले सत्तारुढ गठबन्धन दलमा भागवण्डा मिलाउन जम्बो मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ ।

पाण्डेले हाल रहेको ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउन लाग्नु भएको छ । ७ मन्त्रालय फुटाएर १४ बनाएपछि सर्बत्र बिरोध भएको छ ।मन्त्रालय फुटाउन लागेका मुख्यमन्त्री पाण्डेले मंसिर १५ गतेको मन्त्रिपरिषद् बैठकबाट निर्णय नै गराएर राजपत्रमा सूचना समेत प्रकाशन गराइसक्नु भएको छ ।राजपत्रमा प्रकाशित सूचनाका अनुसार बागमती प्रदेश सरकारले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ।

त्यस्तैगरी सामाजिक विकास मन्त्रालय फुटाएर यूवा तथा खेलकुद मन्त्रालय बनाइएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइने भएको छ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६