काठमाडौ २८ मंसिर । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा देउवाले ४८.२३ प्रतिशत मत ल्याएका छन् । यस्तै शेखर कोइरालाले ३६.९३, प्रकाशमान सिंहले ७.९३, विमलेन्द्र निधिले ५.३० र कल्याण गुरुङले ०.०४ प्रतिशत मत हासिल गरेका छन् ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति चुन्नका लागि दोस्रो चरणको मतदान हुने भएको छ।सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज फेरि मतदान हुने भएको हो।
कांग्रेस विधानअनुसार पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुन्छ।पहिलो चरणको मतदानमा सबैभन्दा धेरै शेरबहादुर देउवाले २२५८ मत पाएका छन् भने दोस्रो नम्बरमा शेखर कोइरालाले १७२९ मत पाएका छन्। अब देउवा र कोइरालाबीच सभापतिका लागि प्रतिष्पर्धा हुने भएको छ।तेस्रो स्थानमा रहेका प्रकासमान सिंहले ३७१ मात्र भोट पाए । चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाएका छन् ।
२८ मंसिर २०७८, मंगलबार
प्रतिक्रिया