अन्तर्राष्ट्रिय

बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसाल्यो



काठमाण्डौ, २ पुस । बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसालेको छ ।

रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालेको बीबीसीले जनाएको छ ।

झण्डै ४० वर्षअघि फल्कल्याण्ड युद्धयता बेलायतको सेनाले पहिलो पटक शत्रुपक्षको विमानलाई निसाना बनाएको बेलायतका रक्षामन्त्री बेन वालेसले बताउनुभएको छ । इराक नजिकैको सीमा क्षेत्रमा यो हमला भएको थियो । तर विपक्षी समूहबारे खुलाइएको छैन ।

बेलायतको हवाई सेनाले प्रयोग गरेको क्षेप्यास्त्रको मूल्य लगभग दुई लाख पाउन्ड पर्छ र त्यो सुपरसोनिक अर्थात ध्वनिभन्दा तेज गतिमा उड्न सक्छ । आरएएफ टाइफुन मार्फत गरिएको यो पहिलो हवाई कारबाही हो । इराक वा सिरियामा पनि बेलायतको हवाई फौजले पहिलो पटक नै हमला गरेको खबरमा उल्लेख छ ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६