अन्तर्राष्ट्रिय

उत्तर कोरियामा ११ दिनसम्म विभिन्न क्रियाकलाप माथि प्रतिबन्ध




काठमाण्डौ,पुस २ । उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाली पूर्व नेता किम जोङ्ग इलको १० औँ पुण्यतिथिमा शोक मनाउनका लागि ११ दिने प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति कार्यालयको प्रशासनले निकालेको आदेशमा किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, जाँड–रक्सी खान नपाउने उल्लेख छ । यस्तै जन्म दिन मनाउने तथा कुनै प्रकारको खुसी मनाउन पूर्ण रूपमा रोक लगाइएको छ । निगरानीका लागि सुरक्षाकर्मी खटाएको भन्दै आदेश उल्लङ्घन भएमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

यसपालि पूर्व नेता किम जोङ्ग इलको १० औँ पुण्यतिथि परेकोले ११ दिनसम्म शोक मनाउन लागिएको हो । सामान्यतया प्रत्येक वर्ष १० दिने शोक अवधि मनाइन्छ ।

१७ वर्ष उत्तर कोरियामा शासन गर्नुभएका किम जोङ्ग इलको निधन सन् २०११ को डिसेम्बर १७ मा भएको थियो । त्यसपछि उत्तर कोरियामा किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहनुभएको छ ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६