खोज–अनुसन्धान

चुनावी अभियानको पहिलो सभाकालागि ओलीले कपिलवस्तु नै किन रोजे ?



कपिलवस्तु २ पुस ।एमालेका अध्यक्ष केपि शर्मा ओलीले कपिलवस्तुवाट आगामी निर्वाचन सम्वन्धि औपचारीक अभियान थाल्नु हुने भएको छ । महाधिबेशनवाट दोश्रो कार्यकालकालागि निर्वाचित भएपछि आयोजना भएको पहिलो जनसभा कपिलवस्तुको वहादुरगंजवाट शुभारम्भ गरेर प्रदेश २ का विभिन्न जिल्लामा पार्टी प्रबेश तथा जनासभालाई संबोधन गर्ने अध्यक्ष ओलीको तालिका तय भएको पाटी नेताले वताएका छन् ।
ओली कपिलवस्तु आउने भएपछि जनसहभागिता उच्च होस भन्ने हिसावले एमालेका १० वटै पालिका कमिटीका बैठक २९ मंसिर देखि २ पुस सम्म सम्पन्न भएका छन् । सोहीक्रममा आज शिवराज नगरकमिटीको बैठक बसेर ५ हजारबढी सहभागिता शिवराजवाट हुने गरि योजना बनाएको नगर अध्यक्ष जगत पौडेलले वताउनु भयो ।उक्त बैठकमा बोल्दै एमालेका केन्द्रिय सदस्य एवम कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले बहादुरगंजको सभावाट ४ हजार बढी विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रबेश गर्ने जानकारी दिनु भयो ।उहाले वर्तमान मापसे सरकारले जनताको जीवनसंग जोडिएका विकासका योजनाको वजेट कटौती गरेर अलपत्र पारेको भन्दै प्रेदशवाट कपिलवस्तुकालागि परेका ठूला योजना समेत काटेकाले त्यसका विरुद्ध एमालेले विद्रोहको स्वर उठाउने बताउनु भयो ।
त्यसैगरी एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले वोल्दै चन्द्रौटामा सरुवा रोग अस्पताल बनाउन केपि ओली सरकारले ९ विगाह भन्दा वढी सार्वजनिक जग्गा उपलब्ध गराएर यो क्षेत्रकालागि ऐतिहासिक योगदान गरेको दावि गर्नु भयो । उहाले ओलीको आगमनमा यहाका हजारौ नागरिक सोही कामको आभार प्रकट गर्न वहादुर गंज जाने ठोकुवा गर्नु भयो ।
नगर अध्यक्ष जगत पौडेलको अध्यक्षता र सचिव शरद अधिकारीको संचालनमा भएको नगर कमिटी बैठकमा प्रदेश कमिटीका सदस्य एवम शिवराजका मेयर नेत्रराज अधिकारी , प्रदेश सांसद अर्जुन केसी लगायतले वोल्दै शिवराज र विजय नगर जितेको एमालेले अअवको चुनावमा कृष्णनगर समेत जित्नेगरी पार्टी प्रबेशमा जोड दिएको दावि गर्नु भयो । बैठकमा एमालेका जिल्ला नेता भेषराज पाण्डे ,लक्ष्मण बेल्वासे, सिवि गहतराज , शिवकुमारी थारु लगायतको उपस्थिती थियो ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६