कपिलवस्तु ४ पुस। माओबादी सशस्त्र द्धन्दमा बेपत्ता पारिएका ब्क्तिको परिवारलाई २० बर्ष पछि भएको प्रमाण प्रदान गरिएको छ । बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले कपिलवस्तुको तौलिहवामा बेपत्ता पारिएका ब्यक्तिको परिवारलाई प्रमण पत्र प्रदान गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता डाक्टर गंगाधर अधिकारीको अगुवाईमा आएको टोलीले बेपत्ता पारिएका १६ जनाका परिवारलाई प्रमाण पत्र प्रदान गरिएको हो । २०५८ माघ १२ गते कपिलवस्तुको बाणगंगा नगरपालिका– ५ कोपवाको मधौली स्थित आफनै घरबाट बेपत्ता पारिएका तुलसीरामा भुसालको परिवारले शनिवार बेपत्ता पारिएको प्रमाण पत्र पाए ।
भुसालका कान्छा छोरा प्रकाश, छोरी गोमा, नातिहरु लक्ष्मण र रामचन्द्र तथा नातिनि संगीताले बेपत्ता परिवारको एकैसाथ प्रमाण पत्र पाए । २० बर्ष पछिको लामो पर्खाई र प्रयास पछि बेपत्ताको प्रमाण पत्र पाउदा मनमा बल्ल संतोष लागेको प्रकाश भुसालले बताए । बाणगंगा नगरपालिका– ३ बाट बेपत्ता पारिएका कृष्ण कुमालकी आमाले पनि २० बर्ष पछि बेपत्ताको प्रमाण पत्र पाएको आमा ईन्दीराले बताईन । २०५२ साल फागुन १ देखि २०६३ मंसिर ५ गते सम्म माओबादी सशस्त्र द्धन्दकालमा कपिलवस्तुबाट २४ जना बेपत्ता भएको उजुरी आएको आयोगका प्रबक्ता अधिकारीले बताए । त्यस मध्ये २० परिवारको बिस्तृत अुनसंधान गरिएको छ । एक जनाको छानबिनमा राखिएको र ३ जनाको तामेलीमा राखिएको छ ।
४ पुस २०७८, आइतबार
प्रतिक्रिया