प्रदेश

कपिलवस्तुमा यातायात सेवा कार्यालय खोल्ने तयारी, लाइसन्सको ट्रायल र कर बुझाउन बुटवल धाउन नपर्ने ।



कपिलवस्तु, ०४ पुष ।
लुम्बिनी प्रदेश सरकारको श्रर्म,रोजगार तथा यातायात व्यवस्था मन्त्रालले कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय स्थापनाको तयारी गरेको छ ।
कपिलवस्तु र अर्घाखाँची जिल्लालाई लक्षित गरी कपिलवस्तुमा सेवा कार्यालय स्थापना गर्ने गरी मन्त्रालयले तयारी गरेको श्रम रोजगार तथा यातायात व्यवास्था मन्त्रालयका सचिव दिपकराज नेपालले जानकारी दिए ।

स्थान निर्धारण गरी कपिलवस्तुमा कहाँ कार्यालय स्थापना गर्दा ठिक हुन्छ भन्ने विषयमा मन्त्रीपरिषद् बैठकमा छलफल भई स्विकृत भएपछि छिट्टै कार्यालय स्थापना गरी काम थालिने नेपालले बताए । अहिले मन्त्रालयले कपिलवस्तु र अर्घाखाँची जिल्लालाई लक्षित गरी कार्यालय स्थापनाको तयारी तिव्र रुपमा भईरहेको सचिव नेपालले बताएका छन् । कपिलवस्तु सँगै प्रदेश सरकारले नवलपसारीमा पनि यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने छ ।

कपिलवस्तुमा सो कार्यालय स्थापना भए सँगै यातायातको कर तिर्न, नविकरण गर्न, सवारी चालक अनुमती पत्र नविकरण र नयाँ चालक अनुमति पत्र लिनका लागि रुपन्देही धाउन पर्दैन । कार्यालय कपिलवस्तुको सदरमुकाम क्षेत्र तौलिहवामा स्थापना गर्ने वा बुद्धभुमि नगरपालिकाको गोरुसिँगेमा स्थापना गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताएको छ । मुख्य सेवा कार्यालय सदरमुकाममा स्थापना भए सवारी चालक अनुमति पत्रको ट्रायल सेन्टर भने खुला स्थानको राजमार्ग क्षेत्रमै स्थापना हुन सक्ने मन्त्रालयका सचिव नेपालले बताए ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६