खोज–अनुसन्धान

ओलीले हुलाकीमा हिड्ने,जनता र मुख्य ठेकेदारसंग छलफल गर्ने चाहाना राखेपछि




कपिलवस्तु ६ पुस ।हुलाकी सडक निर्माणको काम प्रत्यक्ष रुपमा आफैले हेर्न चाहेपछि एमालेका अध्यक्ष केपि शर्मा ओली हुलाकीका विभन्न सडक खण्डमा रोकिएर जनतासंग संवाद गर्नु हुने भएको छ । मौषमी प्रतिकुलता भएमा जहाज उड्न समस्या आएमा कार्यक्रम प्रभावित हुने भन्दै एक दिन अघि नै रुपन्देही आउनु भएका ओलीलाई एमाले कपिलवस्तुको नेतृत्वले चन्द्रौटा ल्याएर सिद्धार्थ ग्रिन रिसोर्टमा राख्ने ब्यवस्था मिलाएको भएपनि ओलीले विहान हुलाकीका विभिन्न खण्डमा गाडी रोकेर प्रत्यक्ष हेर्ने र जनतासंग छलफल गर्ने ओलीले वताए पछि उहा मणिग्राम स्थित ड्रिमल्याण्ड रिसोर्टमा बस्नु भएको हो ।

ओलीले हुलाकी हेर्ने चाहाना राखेपछि कपिलवस्तु प्रशासनसले हुलाकी सडकमा सुरक्षा परिचालन गरेको छ भने मुख्य ठेकेदारलाई समेत ओलीले भेट्ने र काम कहिले पुरा हुन्छ भनेर सोध्ने चाहाना राखेपछि सोको समेत ब्यवस्था मिलाइएको वताइन्छ । दशकौ सम्म भारतले बनाउने आश्वासन पुरा नगरेपछि ओली निर्वाचित भएपछि हुलाकीकालागि बजेट विनियोजन भएर धमाधम काम भई रहेको छ ।यताकपिलवस्तु ५ पुस ।कपिलवस्तु सदरमुकाम तौलीहवाको जमुहार देखी विजनगर गाउँपालीकाको तुरन्तपुर सम्म जोडिने ५० किलोमिटर हुलाकी सडक निर्माणको काम सुचारु भएको छ । ठेकदार पक्षले निर्माण अवधि २०८० सालसम्म भएको बताउँदै सडक, नाली भत्काएर लामो समयसम्म सडक लथालिंग हुँदा आवतजावतमा स्थानीयलाइ निकै समस्या हुँदै आएको थियो । राष्टिय गौरवको आयोजना अन्र्तगत करिव तीन अरव रुपैयाँको लागतमा तौलिहवा बजार क्षेत्रमा पर्ने मुख्य सडक ठेकेदार शर्मा एन्ड शर्मा कम्पनीले निर्माणको जिम्मा पाएको थियो ।

स्थानीयबासिन्दा, प्रशासन र हुलाकी सडक आयोजनाले ठेकदार पक्षलाई सडक निर्माण गर्न दवाव दिएसँगै हाल आएर कामले तिव्रता पाएको हो । विगतमा वर्षातको समय र कोभिडका कारण निर्माणमा केही ढिला भएपनि हालआएर ५१ प्रतिशत काममा प्रगती भएकाले समयमै सम्पन्न हुने हुलाकी सडक आयोजनाका इन्जीनियर शरद आचार्यले जानकारी दिनुभयो । पर्यटकिय नगरी तिलौराकोट लगायका स्थानमा पर्यटकका साथै स्थानीयले आवतजावत गर्ने सडक यहीं पर्दछ ।तस्बीर : गुगलवाट

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६