कपिलवस्तु ८ पुस। कपिलवस्तुका बिभिन्न सरकारी निकायमा अनियमिता र भ्रष्टाचार अभियोगमा अख्तियारमा १ सय ४७ उजुरी परेकोमा स्थानीय तहका १२१ परेका छन् । कपिलवस्तुका १० स्थानीय तह मध्ये सबै भन्दा बढी कृष्णनगर नगरपालिकाका रहेका छन् । कृष्णनगरवाट गत आब र चालु आब गरी कुल ३१ वटा उजुरी परेका छन । यस्तै यशोधरा गाउँपालिकामा २४, बिजयनगर गाउँपालिकामा १३, कपिलवस्तु, महाराजगंज र बुद्धभुमी नगरपालिकामा नौ /नौ वटा, मायादेबी गाउपालिकामा ८, शिवराज र बाणगंगा नगरपालिकामा छ /छ वटा तथा सुद्धोदन गाउपालिकाका ५ वटा उजुरी परका छन् ।
कपिलवस्तुवाट अख्तियारमा चालु आर्थिक बर्षको मंसिर महिना सम्म ५९ र गत आर्थिक बर्ष २०७७/०७८ मा ८८ उजुरी परेका हुन । अख्तियार दुरुपयोग अनसुंधान आयोगको कार्यालय बु्टवलले तौहिलवामा राखेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा सो जानकारी गराइएको हो । आयोगका बुटवल कार्यालयका प्रमुख यागेन्द्र प्रसाद पाण्डेयले अख्तियारमा लुम्बिनी प्रदेशको १० जिल्ला मध्ये कपिलवस्तु उजुरी पर्ने दोश्रो जिल्ला रहेको बताए ।
लुम्बिनी प्रदेशको सबै भन्दा बढी उजुरी पर्ने जिल्ला रुपन्देही रहको र सो जिल्लामा गत आब र यस आबमा गरी कुल ३ सय २ उजुरी दर्ता भएका छन । कपिलवस्तुका अझै १ सय १५ उजुरी फर्छौ हु्न बाकी छन । यस्तै १० जिल्लाका ७ सय ४४ उजुरी मध्ये २ सय ५६ फर्छौट भई ४ सय ८८ मुद्दा बाकी छन । जिल्लाबाट अख्तियारमा परेका १ सय ४७ उजुरी मध्ये सबै भन्दा बढी स्थानीय तहको संघीय मालिका संबन्धी ८८ वटा छन । यस्तै स्थानीय तह शिक्षाको ३३ उजुरी परको छन ।
अख्तियार बुटवलका प्रमुख पवाण्डेय अनुसार जिल्लामा१४ वटा बिषयबस्तु रहेका छन । सो अवसरमा अख्तियार दुरुपयोग अनुंसधान आयोगकी आयुक्त सुमित्रा श्रेष्ठले भ्रष्टाचार सबै ठाउँमा हुने गरेको भन्दै यसलाई समाधान गर्र्न फर्क केन्द्रित हुुन पर्ने बताईन । उनले सबै भन्दा बढी पहुचमा रहेको ब्यक्तिले नै भ्रष्टाचार गर्ने गरेको भन्दै त्यसको न्युनीकरण र नियन्त्रणमा पनि ती ब्यक्तिहरुको योगदान हुनु पर्ने बताईन । उनले अख्तियारले भ्रष्टाचारको अनुसंधानकाक्रममा कागजपत्रहरु मागिए पनि समयमा उपलब्ध नगराइएकाले प्रमाण नष्ट हुनु संभावना बढेको बताईन ।
उनले अब देखि तोकिएको समयमा कागजपत्र उपलब्ध नगराइए कारबाही गर्ने चेतावनी दिईन । उनले अख्तियारमा स्थानीय तहका मात्रै ३० हजार उजरी परेको बताईन । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले अहिले स्थानीय तहमा भ्रष्टाचार मौलाएको बताए । उनले स्थानीय तहमा भएको भ्रष्टचार रोक्न निकै चुनौती रहेको भन्दै कर्मचारीले जनप्रतिनिधिको दबावमा नभै नियमपुर्वक काम गर्नु पर्ने बताए । उनले वडाहरुमा उपभोक्ता समितिमा गठन गर्दा भाई भतिजाहरुलाई राख्ने गरिएकोमा यस तर्फ पनि बिचार पुरोयनउनु पर्ने बताए । कार्यक्रममा प्रजिअ चक्रपाणी पाण्डेले प्रजिअलाई पनि भ्रष्टचार सम्बन्धी उजुरी लिएर अख्तिायरमा पठाउने अधिकार दिईनु पर्ने बताए ।
उनले उपभोक्ता समिति एउटै मान्छे दुई तीन ठाउँको अध्यक्ष हुने गरेकोले यसले पनि भ्रष्टचारमा संकेत गरेको बताए । उनले एक नम्बरमा लोक सेवा आयोगबाट पेस गरेका ब्यक्ति नै भ्रष्टचारमा संलग्न भएको पाइएकाले कर्मचारीहरुले यस तर्फ बिचार पुर्याउनु पर्ने बताए । कार्यक्रममा अख्तियार बुटवलका ईडि दयाराम श्रेष्ठले अख्तियारका बिषयमा कार्यंपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बाग्मती सरसफाई अभियानका अभियन्ता डाक्टर राजु अधिकारीले प्रेरणामुलक प्रस्तुती गरको थिए । कार्यक्रममा उपभोक्ता र नागरिक अगुवाको तर्फबाट भेषराज पाण्डे, डोलक वहादुर पछाई र शिवलाल यादवले जिज्ञासा राखेका थिए ।
८ पुस २०७८, बिहिबार








प्रतिक्रिया