कपिलवस्तु, १० पुस ।
सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा ४ कपिलवस्तुको २३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सम्पुर्ण वित्तिय समाधानको पहिलो रोजाई सिद्धार्थ सहकारी भन्ने मुल नारका साथ अगाडि बढेको उक्त सहकारीको साधारण सभामा आर्थिक बर्ष २०७७÷७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । वि.स. २०५५ साल बैशाख १ गते स्थापना भएको उक्त सहकारीको साधारण सभामा संस्थाका सचिव देवकला सुवेदी कमालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रकाश घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी लुम्बिनी प्रदेश सहकारी संघ लेखा संयोजक तेजप्रसाद आचार्यले सहकारीले बचत गरि उत्पादन मुलक कार्यमा लागानी गर्न आवश्यक रहेको बताउनुभयो । आचार्यले निम्न वर्गका सर्वसाधारणको आर्थिक स्तर उकासी उनीहरुको जीवनमा परिवर्तन ल्याउन सहकारीको भुमिका अहम हुने बताउनुभयो । सहकारीबाट ऋण लिएर मात्र नहुने भन्दै ऋणलाई सदुपयोग गर्दै उत्पाद मुलक कार्यक्रममा जोडिन सम्पुर्णलाई आग्रह गर्नुभयो ।
सहकारीका अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्षता, उपाध्यक्ष ईन्दिरा भट्राईको स्वागत तथा सचिव देवकला सुवेदी कमालको सञ्चालन रहेको कार्यक्रममा सहकारीका पदाधिकारी, शेयर सदस्य, एवम् कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
सोहि साधारण सभाले ईन्दिरा भट्राईको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा प्रकाश घिमिरे, सचिवमा अम्बिका थापा, सह सचिवमा बिमला चौधरी, कोषाध्यक्षमा लिला सिंह सर्वसम्मत रुपमा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा ईसा जिसि, जमुनी थारु, माया थारु र गाोमा उपाध्याय चयन हुनुभएको छ । त्यस्तै देवकला सुवेदी कमालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ । जस्को सदस्यमा हरि अधिकारी र तुल्सा बन्जाडे चयन हुनुभएको छ ।
नव गठित कार्य समिति तथा लेखा समितिलाई निर्वाचन मण्डलका अध्यक्ष टिकाराम पौडेलले शपथ ग्रहण गराउनुभएको थियो ।
प्रतिक्रिया