जीवनशैली

संचारीकाले खोज्यो पत्रकारको भूमिका,३ कारणले बालविवाह : उपमेयर अर्याल




कपिलवस्तु १४ पुस । बाल विवाह न्यूनिकरणमा पत्रकारको भूमिका विषयक तालिम सुरु भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा बुधबारबाट सुरु भएको तालिम २ दिनसम्म चल्ने छ । तालिमको उद्घाटन गर्दै वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले अशिक्षा, बेरोजगारी र गरीबीका कारणले बाल विवाह न्यूनिकरण हुन नसकेको बताउनुभयो । राज्यलेनै गर्भपतनलाई कानुनी मान्यता दिएको र वाणगंगामा १५ देखि २० वर्षसम्मका किशोरीले गर्भपतन गराएको जानकारी दिनुभयो ।

३ तहका सरकारको कानुन एक आपसमा बाझिएको र एउटालाई प्रयोग गर्दा अर्को निषेध गर्नुपर्ने अवस्थाका कारण पनि समस्या भएको उहाँले बताउनुभयो । शिक्षालाई विशेष जोड दिदै चेतना अभिबृद्धी गरेमा बालविवाह रोक्न सकिने विश्वास ब्यक्त गर्नुभयो । प्रदेशमै बालबिबाह हुने जिल्लामा दोस्रो स्थानमा रहेको कपिलवस्तुमा बालबिबबाह न्यूनिकरणका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने उहाँले धारणा राख्नु भयो।
कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी, संचारीका समुहका केन्द्रीय सदस्य बसन्ती बास्तोलाले बोल्दै बाल विवाह न्यूनिकरणका लागि अब पत्रकारको कलम शशक्त तवरले चलाउनु पर्ने बताउनुभयो । वाल विवाह किन हुन्छ , यसका कारणहरु के छन भन्ने विषयमा सञ्चारमाध्यमले खोजमुलक तवरले समाचार बनाउनु पर्ने धारणा राख्नु भएको थियो।
कार्यक्रममा संचारीका समुहका केन्द्रिय उपााध्यक्ष कमला पन्थीले वाल विवाह न्युनिकरणमा पत्रकारको अहम भुमिका हुने भएकोले वाल विवाह न्युनिकरण सम्बन्धि तालिमको आयोजना गरिएको बताउनु भयो ।
२०५२ सालमा स्थापना भएको पत्रकार महिलाहरुको साझा संगठन सञ्चारीका समुहले पत्रकार महिलाहरुको उत्पादन , क्षमता अभिवृिद्ध ,लैंगिक समानता , लैंगिक समता लगायतका विषयमा जल्दा बल्दा सवालहरु उठान गर्ने गरेको बताउनु भयो । वालविवाह सामाजिक अपराध भएकोले यसलाई रोक्न पत्रकारले खोजमुलक सामाग्रीहरु प्रसारण तथा प्रकाशन गर्नु पर्ने धारणा राख्नु भयो ।
लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाण्डेको संचालनमा भएको २ दिन सम्म चल्ने तालिममा अधिवक्ता इन्दु तुलाधरले बालविबाह, यसका असर, कानुनी प्रावधान लगाएतका विषयमा प्रशिक्षण दिनुहुने छ । संचारीका समुह केन्द्रको आयोजना रहेको तालिममा जिल्लाका क्रियासिल दुईदर्जन पत्रकारको सक्रिय सहभागिता रहेको छ ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६