प्रदेश

खोप व्यवस्थापन र भण्डारणमा चुनौतीः खोप लगाउन छुटेकालाई खोप केन्द्रसम्म पुर्याउन आह्वान



काठमाण्डौ, १५ पुष । कोरोना विरुद्धको खोपका लागि आवश्यक सिरिञ्ज नहुँदा खोप अभियान प्रभावित भएको छ । गएको १३ गतेदेखि नै १२ देखि १७ वर्षसम्मका बालबालिका र किशोरकिशोरीलाई फाइजर खोप दिने भनिए पनि घोलक र सिरिञ्ज अभाव हुँदा अभियान स्थगित गरिएको छ । यसले गर्दा खोप थुप्रिरहेको छ ।

सिरिञ्ज नहुँदा आएका खोप वितरण हुन सकेको छैन भने सिरिञ्ज अभाव नभएका कतिपय ठाउँमा खोप लगाउन जानेहरुको सङ्ख्या कम छ । यसले खोप भण्डारण र व्यवस्थापनमा चुनौती बढेको छ । सरकारले सबैलाई खोप केन्द्रसम्म पुर्याउनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले अहिले सजिलै पाइरहेका बेला खोप लगाएर सुरक्षित हुन आग्रह गर्नु भएको छ । खोपले नयाँ ओमिक्रोन भेरियन्टसँग लड्न समेत सहयोग गर्ने भएकाले छुटेकाहरुलाई खोप केन्द्रसम्म पुर्याउन जनप्रतिनिधिसहित सबैलाई उहाँको अनुरोध पनि छ ।

स्वास्थ्य मन्त्रालयले अबको एक हप्ताभित्र सिरिञ्ज आउने अनुमान गरिएकाले अबको १० दिनभित्र फाइजर खोप दिने तयारी थालेको जनाएको छ । मन्त्रालयका सचिव डा। रोशन पोखरेले १० दिनभित्र काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतका १२ देखि १७ वर्ष उमेरका बालबालिका र किशोरकिशोरीलाई फाइजर खोपको अभियान थाल्ने तयारी भएको जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिने सिरिञ्जको अभावले केही दिनको लागि खोप अभियान स्थगित गरेको थियो । सचिव पोखरेलले फाइजर खोपको लागि आवश्यक पर्ने घोलक आइसकेको बताउनुभयो । साथै फाइजर खोपलाई चाहिने सिरिञ्ज आउँदो २० गतेसम्म आइपुग्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

फाइजर खोप अभियानको लागि फाइजर कम्पनीले बनाएको ०।३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । खोप अभियानको लागि छ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ । यस्तै, मन्त्रालयले दैनिक पाँच लाख डोज खोप लगाउने तयारी समेत गरेको छ । तर, सिरिञ्ज अभाव नभए मात्रै यो लक्ष्य पूरा हुने विज्ञले बताएका छन् ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६