कृषि

एमालेबाट चुनाव जितेर ‘घण्टी’ अगालेका बिजयनगरकी उपाध्यक्ष लक्ष्मी सहित चार जनप्रतिनिधि पदमुक्त




कपिलवस्तु २३ असोज ।एमालेबाट चुनाव जितेर ‘घण्टी’ अगालेका बिजयनगर गाउपालिका उपाध्यक्ष लक्ष्मी चौधरी सहित चार जनप्रतिनिधि पदमुक्त भएका छन ।नेकपा एमालेबाट चुनाव जितेर पार्टी फेरेका ४ जना जनप्रतिनधि पदमुक्त भएका छन् । पार्टीको सिफारिसअनुसार निर्वाचन आयोगले आज सूचना निकालेर उनीहरू पदमुक्त भएको जानकारी गराएको हो ।

लुम्बिनी प्रदेशस्थित कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र सोही गाउँपालिका( ५ नम्बरका वडाअध्यक्ष अनवर मोहमद मुसलमान पदमुक्त भएका हुन् । लक्ष्मीकुमारीले दुईपटक उपाध्यक्ष जितेकी थिइन् ।उनीहरू एमाले छाडेर रास्वपामा प्रवेश गरेका थिए ।
यसैगरी कोशीको भोजपुरस्थित भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पा र ८ नम्बरका वडाध्यक्ष नवीन प्रधान पनि पदमुक्त भएका छन् । श्रम संस्कृतिमा लागेका उनीहरू दुवैजनाले हिजोमात्र राजीनामा दिएको घोषणा गरेका थिए ।२०७९ को स्थानीय तह निर्वाचनमा जितेका उनीहरू चारैजनाले पार्टीको विधान प्रतिकूल कार्य गरी दल त्याग गरेको भन्दै केन्द्रीय सचिवालयले कारबाहीको निर्णयसहित आयोगमा जानकारी गराएको थियो ।

प्रकाशित : २३ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६