अन्तर्राष्ट्रिय

ब्राजिलको ११६ शहरहरु डुबानमा र २१ जनाको मृत्यु



काठमाडौं १५ पुस। ब्राजिलको उत्तर-पूर्वी बाहिया प्रान्त र वरिपरिका ११६ शहरहरु डुबानमा परेका छन् । सो प्रान्तमा बाँध भत्किएको तीन दिन वितिसक्दा पनि करिब ११६ शहरहरु अझै डुबानमा परेका हुन् ।

नोभेम्बर अन्तिमदेखिको निरन्तर वर्षापछि बाहिया प्रान्तमा केही दिनअघि दुईवटा बाँध भत्किएका थिए । सो बाँध भत्किएपछि र वर्षासँगै आएको बाढीपछि सो क्षेत्रमा मंगलबारसम्म २१ मानिसले ज्यान गुमाएका थिए भने करिब ३५८ मानिस घाइते बनेका थिए । बुधबारसम्म करिब ११६ शहरका करिब ४ लाख ७० हजार मानिस प्रभावित भएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ ।

सो बाढी र डुबानपछि प्रान्तीय सरकारले केही दिनसम्मको लागि संकटकाल घोषणा गरेको छ । सरकारी रिपोर्टअनुसार हालसम्म करिब ३५ हजार मानिस घरबारविहीन बनेका छन् भने ४३ हजार मानिस विस्थापित बनेका छन् ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६