शिक्षा

स्वास्थ्य समितिको परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन



काठमाडौं १६ पुस । संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । विहिवार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घतीमगरले १२ सम्म विद्यालय तहको परीक्षा भएको र राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिनुपर्ने हुँदा एसईई खारेज गर्न निर्देशन दिएको जानकारी दिनुभयो । समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो । तर, सरकारले कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो ।

२९ जेठ २०७७ मा समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । आज बैठकले २०७७-०२-२९ गतेको एसईई खारेजीको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएको छ भने बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । यस्तै सङ्घीय शिक्षा विधेयक यथाशक्य छिटो संसदमा पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई आग्रह गरेको छ भने मेडिकल कलेजहरूले बढी शुल्क लिइरहेको सम्बन्धमा सत्यतथ्य बुझी समस्या समाधान गर्न पनि बैठकले मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६