शिक्षा

राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु कपिलवस्तुको दोस्रो सचिवालय बैठक सम्पन्न



कपिलवस्तु १६ पुस -नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको दोस्रो सचिवालय बैठक सम्पन्न भएको छ । सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न बैठकले महत्वपुर्ण निर्णयहरु गरेको छ ।

बैठकले रिर्पाेटिङ्, मनोनित तथा जिम्मेवारी समेत प्रदान गरेको छ । जस अनुसार जिल्ला कमिटिको सह–संयोजको जिम्मेवारी अन्जित खनाललाई प्रदान गरिएको छ भने सचिवको जिम्मेवारी रतन विकलाई प्रदान गर्ने निर्णय गरेको अनेरास्ववियु कपिलवस्तुका संयोजक दयाराम पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले यहि पुस २३ र २४ गते देशैभर हुने नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत जिल्ला कमिटि कपिलवस्तुको अधिवेशनका लागि अनेरास्ववियुबाट ३ जना प्रतिनिधि छनौट गरेको छ । जिल्ला अधिवेशनको प्रतिनिधिमा अन्जित खनाल, रतन विक र अनिमा खरेललाई चयन गरिएको छ ।

बैठकले सदस्यता वितरण महा अभियान सञ्चालनमा सक्रिय भएर लाग्ने र संगठनलाई अझ बलियो बनाउने निर्णय समेत गरेको छ । त्यस्तै अनेरास्ववियुको जिल्ला सम्मेलन पौष महिना भित्रै गर्ने निर्णय पनि गरिएको छ ।

त्यस्तै बैठकमा अनेरास्ववियुका लुम्बिनी प्रदेश ईन्चार्ज बिनोद भण्डारीका भाई मदन भण्डारीको सडक दुर्घट्नामा परि मृत्यु भएकोले १ मिनेट मौनधारण गरि उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय स्थायी कमिटि सदस्य एवम् लुम्बिनी प्रदेश सह- ईन्चार्ज टुकलाल गैरेले संगठन विस्तामा सबै लाग्नुपर्ने बताए । पार्टीका जिल्ला कमिटि सचिवालय सदस्य समेत रहेका गैरेले अब नेतृत्व गर्ने क्षमता विकास गर्दै अगाडि बढ्न सबैलाई निर्देशन दिए ।

अतिथि अनेरास्ववियु कपिलवस्तुका ईन्चार्ज लेखनाथ खनालले अनेरास्ववियु राजनितिक भविष्यको मार्ग रहेको बताए ।

त्यस्तै अतिथि अनेरास्ववियु केन्द्रिय सदस्य बाबुराम अर्यालले बैठकले गरेका महत्वपुर्ण निर्णयहरु पालना गर्दै नयाँ जिम्मेवारी प्रदान गरेका पदाधिकारीहरुले सक्रिय भएर संगठनलाई अगाडि बढाउन आग्रह गर्दै बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमका अध्यक्ष अनेरास्ववियु जिल्ला संयोजक दयाराम पौडेलले संगठनले दिएको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरि पार्टीको निर्देशनमा रही काम गर्ने बताए । पौडेलले पार्टीको जिल्ला अधिवेशनमा अनेरास्ववियुको उल्लेखनीय भुमिका रहने भन्दै छलफलबाट निश्कर्षमा पुग्ने बताए ।

अनेरास्ववियु केन्द्रिय सदस्य ईन्दिरा पौडेलको आतिथ्यता तथा जिल्ला सचिवालय सदस्यहरुको उपस्थिती रहेको बैठक हेमराज खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६