प्रदेश

कुलमान भन्छन आजदेखि बत्ती गइरहने समस्या समाधान हुन्छ



काठमाण्डौ, १६ पुष । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताउनुभएको छ ।

आज शुक्रवार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आज शुक्रवारदेखि यो समस्या समाधान हुने बताउनु भएको हो ।

घिसिङले विद्युत आपूर्ति नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आए पनि आपूर्ति गर्ने स्थितिमा रहेको बताउनुभयो । उहाँले काठमाण्डौ उपत्यकामा अब नौ वटा सबस्टेशन थपिने भएकाले ती सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा दुई हजार मेगावाटको विद्युत् आपूर्ति गर्न सक्ने बताउनुभयो । प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरमा आगलागी भएका कारणले यी समस्या आइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगत तीन,चार दिनदेखि विद्युत आपूर्तिमा केही समस्या देखियो भन्ने जनगुनासो आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन, काठमाण्डौमा मात्रै हो । यो आपूर्तिको कारणले भएको समस्या होइन । काठमाण्डौका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँमा मात्र समस्या भएको हो । अहिले हाम्रो विद्युतको बेलुकाको पिक लोड झन्डै १७ सय मेगावाट र बिहानको झन्डै साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ । त्यसमा हामीले आपूर्ति गर्न सकिरहेका नै छौँ । माथिल्लो तामाकोसी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाण्डौमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वाभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाण्डौको लोड बढेको छ । पानी परेपछि ठाउँ–ठाउँमा हाम्रो लोड नसोचेको रूपले बढ्यो । त्यसले गर्दा प्रणालीमा सबस्टेशनबाट फिडर निस्किन्छ, काठमाण्डौभित्र धेरै सब्स्टेशन छन् जसले काठमाण्डौभित्रको लोडलाई आपूर्ति गरिरहेको छ । काठमाण्डौ उपत्यकामा मात्रै झन्डै ३७ सय ट्रान्सफर्मर छन् । त्यसबाट नै आपूर्ति हुन्छ । यदि फिडरमा नै समस्या आएको छ भने १०र२० वटा ट्रान्सफर्मरमा समस्या आउने हुन्छ । अहिलेको मुख्य समस्या भनेको ट्रान्सफर्मर ओभरलोड भएको हो । लोडअनुसार ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ ।’

प्रमुख कार्यकारी निर्देशक घिसिङले आजसम्म उपत्यकामा ट्रान्सफर्मरहरू परिवर्तन गरिसक्ने भएकाले बिजुली जाने समस्या नहुने बताउनुभयो । उहाँले केही स्थानमा त्यहाँका बासिन्दाले सबस्टेशन बनाउन नदिएकाले पनि समस्या आउने गरेको भन्दै सबस्टेशन बनाउन दिन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६