अन्तर्राष्ट्रिय

जम्मू कश्मीरको एक मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गयो



काठमाण्डौ, १७ पुष । भारतको जम्मू कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ । १३ जना घाइते घएका छन् ।

नयाँ वर्षको दिन श्रद्धालुको भीडका कारण भागदौड हुँदा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटना त्रिकुटा पहाडमा रहेको मन्दिरको गृर्भगृहको बाहिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एउटा विवादका कारण मानिसहरुले एकले अर्कालाई धक्का दिन थालेपछि भागदौड भएको थियो । ज्यान गुमाउनेमा दिल्ली, हरियाणा, पञ्जाब र जम्मू–कश्मीरका मानिस रहेका छन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । भारत सरकारले भागदौडमा परि ज्यान गुमाउनेको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत प्रतिमृतक दुईरदुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६