प्रदेश

कांग्रेस सभापति देउवाद्वारा १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन



काठमाण्डौ, १७ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनयन गर्नुभएको छ । विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।

देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डाक्टर प्रकाशशरण महत, डाक्टर नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको हो । प्रकासमान सिंह र विमलेन्द्र निधि सभापतिको पहिलो चरणको चुनावमा पराजित हुनुभएको थियो । यस्तै विजयकुमार गच्छदार उपसभापति र प्रकासशरण महत महामन्त्रीमा पराजित हुनुभएको थियो ।

कांग्रेसको विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । सभापतिका निकटम प्रतिस्पर्धी स्वतस् केन्द्रीय सदस्य हुने व्यवस्था अनुसार शेखर कोइराला केन्द्रीय सदस्य भइसक्नुभएको छ ।

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६