कपिलवस्तु १७ पुस ।आउदो पुस २३मा हुने नेकपा एमालेको नवौं जिल्ला अधिबेशनका लागि शनिवार जिल्लाभर प्रतिनिधि सर्वसम्मत रुपमा करिव ६०० प्रतिनिधी चयन भएका छन । जिल्लाका वाणगंगा , वुद्धभुमि , शिवराज , महाराजगञ्ज , कृष्णननगर , कपिलवस्तु नगरपालिका , विजयनगर गाउँपालिका , शुद्धोधन , मायादेवी , यशोधरा गाउँपालिकाका सबै वडाहरुमा सबै समुदायबाट प्रतिनिधित्व हुने गरि प्रतिनिधि चयन भएको पाटीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले बताउनु भयो ।
सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएको छ , यसले पाटीलाई उचो राख्नुका साथै कार्यकर्तामा उत्साह जगाएको छ नेता अधिकारीले भन्नु भयो । नवौं जिल्ला अधिवेशनले नयाँ सन्देश दिने पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो । नवौं अधिवेशनको नेतृत्व सबैलाई मिलाएर सर्वसम्मत रुपमा निर्वाचित गरिने अध्यक्ष पोख्रेलले बताउनु भयो । अधिबेशनका लागि करिब ६ सय प्रतिनिधि छनौट भएका छन ।
प्रतिक्रिया