अर्थ-वाणिज्य

सहमतिकालागि भन्दै माओवादी केन्द्रको केन्द्रीय समिती निर्वाचन स्थगित



काठमाडौँ १७ पुस ।  सहमतिका लागि भन्दै नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य चयनको निर्वाचन कार्यतालिका स्थगित गरिएको छ। आइतवार दिउँसो १ बजेसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले आइतवार १ बजेसम्म बन्दसत्र स्थगितको प्रस्ताव गरेका थिए।

शनिवार नै निर्वाचन समितिले केन्द्रीय सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। पदभन्दा आकांक्षी धेरै भएपछि सहमतिका लागि भन्दै कार्यतालिका रोकिएको हो। 

निर्वाचन समितिले भने शनिवार राति ८ बजेदेखि १०ः३० बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकेर कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिका अनुसार आइतवार बिहान ११ः३० बजेबाट निर्वाचनको समय तोकिएको थियो। तर, सहमतिका लागि भन्दै कार्यतालिका नै स्थगन गरिएको हो। 

कुन समूहमा कति निर्वाचित?
माओवादी केन्द्रको कूल २९९ केन्द्रीय कमिटीमा १४५ जना खुल्लाबाट निर्वाचित हुनेछन्। अन्य समानुपातिक रुपमा समावेशी समूहका आधारमा निर्वाचित हुनेछन्।

जसअनुसार समानुपातिकमा खसआर्यबाट ४५ जना निर्वाचित हुनेछन्। जसमा पुरुष १२, युवा पुरुष २, महिला २४ र महिला युवा ६ जना निर्वाचित हुनेछन्। 

यस्तै, दलिततर्फ २२ जना निर्वाचित हुनेछन्। जसमा पुरुष ६ जना, युवा पुरुष १, महिला १२ र महिला युवा ३ जना निर्वाचित हुनेछन्। 

यस्तै, मुस्लिम समूहबाट ७ जना निर्वाचित हुनेछन्। यस्तै, मधेशी समूहबाट २३ जना निर्वाचित हुनेछन्। आदिवासी जनजातितर्फ ४३ जना र थारुतर्फ १० जना निर्वाचित हुनेछन्। 

अपाङ्गता भएका व्यक्तिको समूहबाट २ र पिछडिएको क्षेत्रबाट महिला र पुरुष गरी २ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६