अन्तर्राष्ट्रिय

बौद्ध दर्शनलाई पाठ्यक्रममा समावेश गर्न निकै विलम्व भयो : प्रदेश प्रमुख




भैरहवा १८ पुस ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध दर्शन सत्य, तथ्य र वैज्ञानिक रुपमा आधारित रहेकाले नेपालको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् । शनिबार लुम्बिनीमा आयोजित एक कार्यक्रममा शेरचनले बौद्ध दर्शन पाठ्यक्रममा समावेश गर्न निकै ढिला भएको गुनासो गरे । बौद्ध दर्शनलाई पाठ्यक्रममा समावेश गर्न ढिलाइ हुनुमा विभेद् रहेकोसमेत उनले दाबी गरे । तर, विभेद् कोबाट र कसरी भन्नेबारे विस्तृत कुरा भने उनले प्रष्ट पारेनन् । बौद्ध दर्शन अध्ययन–अध्यापन गराउन आफूले धेरैपटक संसद्मा कुरा उठाएको र गण्डकी प्रदेश प्रमुख हुँदा पनि यस विषयमा पहल गरेको उनले बताए ।
सरकारले आफैंले दायित्व लिनुपर्ने, शिक्षा नीतिमा समावेश गर्नुपर्ने कुरा समावेश नगरेपछि पाठ्यक्रममा समावेश गर्ने दायित्व अब भिक्षु्हरूमा आएको उनले बताए । शेरचनले लुम्बिनीको प्रचारप्रसार र विकासका लागि लुम्बिनीका सम्पूर्ण कलावस्तु समेटेर वृत्तचित्र मार्फत् लुम्बिनी आउने सबैलाई देखाउनु पर्ने बताएका थिए । बौद्ध दर्शन फैलाउन सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६