कपिलवस्तु १९ पुस । सुर्खेतकी एकमहिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा नौ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको सितगंगा नगरपालिका–१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिष रहेका छन् । सुर्खेतबाट काम खोज्दै बनेपाका लागि हिँडेकी महिला गत सोमबार राति बसपार्कमा ओर्लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुदीप गिरीले जानकारी दिए ।
उनका अनुसार नचिनेका एक युवकले उनलाई खाना खुवाउने र घरमा लगेर बास दिने प्रलोभन देखाइ होटलमा लगेर बलात्कार गरेका थिए । सुरुमा एक्लै होटल पु¥याएका ती युवकले पछि अन्य ८ जना साथीहरुलाई पनि बोलाएको प्रहरीले जनाएको छ ।
१९ पुस २०७८, सोमबार
प्रतिक्रिया