कपिलवस्तु २० पुस । एमाले कपिलवस्तुको पुस २३ मा हुने नवौ जिल्ला अधिबेशनकालागि अध्यक्ष सहितका पदाधिकारीमा धेरै आकांक्षी देखा परेका छन् । यसपाली अध्यक्ष बन्ने दौडमा यस अघिको अधिबेशनमा वर्तमान अध्यक्ष झविलाल पोखरेल संग चुनाव लडेर पराजित भएका डम्मर शर्मा अध्यक्षका पहिलो आकांक्षी हुनुहुन्छ । उहाले विगतमा प्रतिस्पर्धालाई सहर्ष स्वीकारेर निरन्तर कृयासिल भएकाले यसपाली आफ्नो पालो रहेको उहाको तर्कछ ।
त्यसैगरी वर्तमान उपाध्यक्ष बाबुराम खनाल अध्यक्षका लागि अर्काे आकांक्षी रहनु भएको छ । उहाले आफू वहालवाला उपाध्यक्ष रहेकाले झविलाल पोखरेलले छाडेपछि आफ्नो स्वत पालो आउने वताउदै आउनु भएको छ । अध्यक्षकै दौडमा शिवराज नगरका मेयर नेत्रराज अधिकारी अर्काे आकांक्षी हो । उहाले वर्तमानका जिल्लाका अधिकांस नेताहरु आफ्ना कार्यकर्ता रहेकाले आफ्नो उम्मेदवारी सबै भन्दा वलियो हुने ठोकुवा गर्नु भयो । यतिका बर्ष सम्म आफूले कहिल्यै अध्यक्ष नताकोको भन्दै अहिले ६५ वर्षको उमेर पुगेकाले यसपाली अध्यक्ष बन्ने दौडवाट पछि नहट्ने उहाको भनाइछ ।
यसैगरी अध्यक्षको अकाक्षी तर्फ खुमा आचार्य समेत देखिनु भएको छ । लामो समय शिक्षण पेशामा रहेर पार्टीकाम गरेका नेता आचार्यले आफू यसपाली रिटायर्ड भएर फर्सदिलो वनेको र लामो अनुभव भएकाले अध्यक्ष जितेमा राम्रो संग चलाउने गरी आकांक्षा प्रकट गरेको वताउनु भयो ।
अध्यक्षकै दौडमा रहनु भएको अर्काे आकांक्षी हो वावुराम आचार्य उहा वर्तमानका सतिव हुनुहुन्छ । उहाले सचिव नदोहोरीने भएकाले यसपाली अध्यक्षमा दावि गरेको वताउनु भयो । अध्यक्षकै दौडमा अर्काे आकांक्षी कुमारमधु बेल्वासे हो । उहाले धेरैलाई अध्यक्ष वनाएर हेरेको भन्दै यसपाली आफू बनेर देखाउने प्रष्टाउनु भयो । म प्रतिस्पर्धावाट कुनै हालतमा पछि हट्दैन भन्दै अध्यक्षको फैसला अधिबेशनका प्रतिनीधीवाट हुनेमा आफु अडिग रहेको औल्याउनु भयो ।
यसैगरी उपाध्यक्षमा अहिले सम्मा ४ जनाले प्रत्यासी बन्ने घोषणा गरेका छन् । जस अनुसार चक्रपाणी अर्याल ,विश्राम प्रसाद चौधरी , हिरालाल पौडेल र कृष्ण भटराई उपाध्यक्षका आकांक्षी हुन् । सचिवकालागि ३ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । जस अनुसार भेषराज पाण्डे , विश्व कार्की र सिवि गहतराज सचिवका प्रत्यासी हुन् । उपसचिवमा भने अत्यन्तै ठूलो संख्या आकांक्षी रहेको छ । आफूलाई आकांक्षीका रुपमा प्रस्तुत गर्नेमा ४ महिला र १२ जना पुरुष गरी कुल १६ जना रहेका छन् ।
२० पुस २०७८, मंगलबार








प्रतिक्रिया