अन्तर्राष्ट्रिय

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण




पुस २७, एजेन्सी lविश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ ।आनुवांशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने अमेरिकामा डेभिड बेनेट विश्वका पहिलो व्यक्ति भएका छन् । मुटु प्रत्यारोपण गरिएका बेनेटले आफू बाँच्न सक्ने आशा व्यक्त गरेका छन् ।

डाक्टरका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले सुँगुरको मुटु प्रत्यारोपणको प्रक्रिया गर्न विशेष छुट दिएको थियो ।सुँगुरको मुटु प्रत्यारोपण गर्ने डाक्टरको टोलीले परीक्षण सफल भएपछि विश्वभरका मानिसको जीवनलाई परिवर्तन गर्न सक्ने आशा जगाएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

शल्यचिकित्सक बाट्र्ली पी। ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ ।अहिले अमेरिकामा मात्रै दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ । यसअघि सन् २०२१ को अक्टोबरमा न्युयोर्कमा मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो ।
तस्बिरः बीबीसी

प्रकाशित : २७ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६