काठमाण्डौ २७ पुस । कोरोना भाइरसको सङ्क्रमण दर लगातार बढ्दै गएपछि भारत दिल्लीमा सबै निजी कार्यालय बन्द गर्ने निर्णय भएको छ । राजधानी दिल्लीमा लगातार सङ्क्रमण दर बढ्दै गएको भन्दै आकस्मिक बाहेकका कामका लागि सबै निजी कार्यालय नखुल्ने निर्णय भएको हो । दिल्लीमा सबै रेष्टुरेन्ट र बार पनि बन्द गर्ने निर्णय भएको छ ।
हिजोमात्रै दिल्लीमा १९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएपछि दिल्ली सरकारको यो निर्णय आएको हो । यस्तै उत्तराखण्डको हरिद्धारमा हुने मकर स्नान रद्द गरिएको छ । जिल्ला प्रशासनले आउँदो शुक्रबार हुने मकर स्नानमा रोक लगाएको भारतीय संचार माध्यमले जनाएका छन् । त्यसदिन राति १० देखि बिहान ६ बजेसम्म रात्रिकालिन कफ्र्यू लगाउने निर्णय भएको हो । यस्तै स्थानीय र बाहिरी नागरिकलाई ओहोर दोहोरमा पनि रोक लगाउने निर्णय भएको खबरमा उल्लेख छ ।
प्रतिक्रिया