अर्थ-वाणिज्य

सिंहदरवार भित्रै कार्यकारी अध्यक्षलाई कालोमोसो




ललितपुर ३० पुस । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले मोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई मोसो दलेका हुन् । शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निणर्य गरेको थियो ।
बैठकमा शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निणर्यमा पनि शर्माले फरक मत ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माले होस्टेल शुल्क फिर्ता नगर्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अतिरिक्त शुल्क सम्बन्धमा शुक्रबार भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
‘होस्टेल शुल्क नियमभित्रै टेकेर ल्याइएको छ । शुल्क फिर्ता गर्दैनौं ।

यदि सहमति भयो भने त्यसमा मेरो नोट अफ डिसेन्ट हुन्छ,’ छलफलमा उनले भने । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले होस्टेल विद्यार्थीको ऐच्छिक विषय भएको बताए ।छलफलमा शिक्षा मन्त्री देवेन्द्र पौडेल, शिक्षा मन्त्रालयका अधिकारी, मेडिकल कलेजका प्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो । सो कलेजले विद्यार्थीबाट अतिरिक्त ६ लाख रुपैँयासम्म असुल्दै आएको छ । पीडित विद्यार्थी कलेजले गैरकानुनी शुल्क असुलेको भन्दै आन्दोलनमा छन् ।
फोटो ः प्रेसपाटी

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६