जीवनशैली

टुँडिखेलमा किन भएन त माघी उत्सव



काठमाडौं १ माघ । माघे संक्रान्तिका दिन विगतका वर्षहरुमा काठमाडौंको टुँडिखेल निकै गुल्जार देखिन्थ्यो । आफ्नो ठूलो पर्व माघीको अवसरमा मगर र थारु समुदायले विशेष कार्यक्रम आयोजना गरेका हुन्थे ।

सरकारका मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरु पनि टुँडिखेलमा माघीको शुभकामना दिन पुग्थे । मगर र थारु समुदयका युवा युवतीले आफ्ना जातीय पोशाक लगाएर नाचगान र रमाइलाे गर्थे । टुँडिखेलका स्टलमा मगर र थारु समुदायका मौलिक परिकार चाख्न पाइन्थ्यो ।

तर यो वर्ष कोरोना महामारी ह्वात्तै बढेकाले अन्तिम समयमा माघीको औपचारिक कार्यक्रम रोकियो । सरकारले केही दिनअघि २५ जना भन्दा बढी भेला हुन रोक लगाएको थियो ।

शनिबार टुँडिखेलमा कुनै औपचारिक कार्यक्रम त भएन । तर मगर र थारु समुदायका युवायुवती आफ्नो जातीय पोशाकसहित पुगेका थिए । माघी विशेष कार्यक्रम स्थगित भएको थाहा नपाएर हो वा अन्य कारणले टुँडिखेलमा भेला हुनेको संख्या ठूलो थियो ।

औपचारिक कार्यक्रम नभएको थाहा पाएपछि आफ्नो मौलिक पोशाकमा ठाँटिएका युवा युवतीले एकल तथा समूहमा तस्वीर खिचेर खुशीयाली मनाए ।

प्रकाशित : १ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६