प्रदेश

अनलाइन परीक्षाको माग गर्दै विद्यार्थी आन्दोलनमा, ११ जना पक्राउ



काठमाडौं, ५ माघ ।

काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा बुधबार परीक्षा दिन गएका विद्यार्थी आन्दोलित भएका छन्।

कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको र त्यसैबीच स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरू विरोधमा उत्रिएका हुन्।

आन्दोलनमा उत्रिएका ११ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

‘कान्तिपुर इन्टरनेशनल कलेजबाट ११ जनालाई नियन्त्रणमा लिइएको छ,’ उनले भने, ‘विद्यार्थीहरूले परीक्षा भौतिक रूपमा नभई अनलाइन सञ्चालन गर्नुपर्ने माग राखेका छन्। धक्काधक्की गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको गाडीमा पनि उनीहरूले धावा बोलेछन्।’ यसअघि प्रहरीले ९ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो। हाल पक्राउ पर्नेको संख्या ११ पुगेको हो। पक्राउ पर्नेमा दुई जना महिला छन्।

एलएलबी चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि सुरू हुनुपर्ने थियो। विद्यार्थीहरू आन्दोलित भएपछि परीक्षा सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।

एसपी मैनालीका अनुसार अहिले परीक्षा सञ्चालन गराउने प्रयास भइरहेको छ।

विद्यार्थीहरूले प्रहरीले आफूहरूमाथि बल प्रयोग गरेको भन्दै नाराबाजी गरेका छन् । उनीहरूले व्यंग्यात्मक शैलीमा नाराबाजी गरेका हुन् । विद्यार्थीहरूमाथि बल प्रयोग गरेकोबारे जानकारी आइनसकेको प्रहरी उपरीक्षक मैनालीले बताए।

आन्दोलनमा एक विद्यार्थी घाइते समेत भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था सामान्य भएको प्रहरीले जनाएको छ। उपचारको लागि उनलाई बानेश्वरस्थित एभेरेष्ट अस्पतालमा लगिएको छ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६