कपिलवस्तु ८ माघ । लुम्बिनी विकास कोषको २ करोड लगानीमा ऐतिहासिक एवंप्राचिन क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा आसपासको क्षेत्र संरक्षणको काम अघि बढ्न लागेको लुम्विनी विकास कोषका योजना प्रमुख सरोज भटराइले वताउनु भयो । लामो समयसम्म अतिक्रमणको चपेटामा परेकोे गोटिहवा स्थीत अशोक स्तम्भ आसपासको झन्डै तीन विघा क्षेत्रलाई संरक्षण गर्न लागीएको उहाले जानकारी दिनु भयो ।
क्रकुछन्द बुद्धको जन्मस्थलको प्रमाण स्वरुप ऐतिहासिक पुरातात्वीक महत्व बोकेको अशोक स्तम्भ रहेको कपिलवस्तु स्थीत गोटीहवा आसपासको झन्डै तिन विघा क्षेत्रफललाई संरक्षण गर्न लागीएको छ । विगतमा यस क्षेत्रमा उत्खनन् गरिएका अवशेषहरु बाट ईसापुर्व आठौं शताब्दी देखीका मानव बसोवासका प्रमाण भेटिएकाले समेत यसको महत्व रहेकाले संरक्षण हुनुपर्ने स्थानीय बताउँछन् ।
करिब ११ फुट लामो अशोक स्तम्भको ऐतिहासिक महत्व रहेकाले लुम्बिनी विकास कोषको २ करोड लगानीमा संरक्षण गर्न लागीएको कोषका अधिकारी बताउँछन् । लुम्बिनी विकास कोषका योजना प्रमुख, सरोज भट्राईले कामले गति लिने वताउनु भयो ।गोटीहवासँगै कपिलवस्तुमा रहेका अन्य स्थानका बुद्धकालीन सम्पदाको क्रमश, संरक्षण गदैं जाने योजना समेत रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
८ माघ २०७८, शनिबार








प्रतिक्रिया