अर्थ-वाणिज्य

बिधानवाट राजसस्था र हिन्दुराष्ट्र हटाउन राप्रपालाई आयोगको पत्र




काठमाडौ ९ माघ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भनेको छ ।आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम राख्न’ भन्ने वाक्यांश हटाउन भनेको हो । यो संविधानको प्रस्तावना एवं भावना प्रतिकूल भएकाले हटाउनुपर्ने आयोगले बताएको छ ।संवैधानिक आयोगले संविधानसँग बाझिएको विषय मिलाउन आग्रह गर्नुलाई स्वाभाविक रुपमा लिएको निर्वाचन आयोग सम्बन्धी समन्वय गर्ने जिम्मेवारी पाएका राप्रपा केन्द्रीय सदस्य झनक प्याकुरेलले बताए ।

उनले अघि भने, ‘कोरोना महामारीका कारण जवाफ पठाउन पाएका छैनौं । केही समय लाग्ला । तर हिन्दू राष्ट्र र राजसंस्था हाम्रो कोर भ्यालु भएकाले हटाउने कुरा आउँदैन ।’राप्रपाका पूर्वअध्यक्ष कमल थापाले भने आयोगको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरीत भएको बताएका छन् । विगतमा आयोगको यस्तै निर्देशनलाई अस्वीकार गरेको भए पनि पार्टीको वर्तमान नेतत्वले कुनै प्रतिक्रिया नजनाउनु र पत्र लुकाएर राख्नु आश्चर्यजनक भएको बताएका छन् ।आयोगले माओवादी केन्द्रलाई पनि विधानमा रहेको वर्ग संघर्ष, साम्यवाद जस्ता शब्द हटाउन निर्देशन दिएको थियो ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६