खोज–अनुसन्धान

पर्यटनमन्त्री आलेको कोषको जग्गा ‘सेटिङमा’ हडप्ने करतुत वाहिरिएपछि सर्बत्र बिरोध




लुम्बिनी १० माघ । सार्वजनिक सम्पत्ति ‘सेटिङ’ मा दोहन गर्ने/ गराउने खेलमा लुम्बिनी पनि पुगेको छ । संसारभरिका बौद्धमार्गीको आस्थाको धरोहर लुम्बिनीको महत्त्वपूर्ण जग्गा कानुनविपरीत निजी रिसोर्टलाई दिन पयर्टनमन्त्री प्रेम आले नै सक्रिय हुनुभएको छ । लुम्बिनी गुरुयोजनाले निषेध गरेको क्षेत्रमा रिसोर्ट बनाउन उहाले निजी कम्पनीसँग सिधै प्रस्ताव माग गर्नुभएको छ । कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ । आध्यात्मिक अभ्यासका लागि छुट्याइएको यही जग्गामा व्यावसायिक रिसोर्टको अनुमति दिन कोषले अपारदर्शी प्रक्रिया थालेको हो । पर्यटनमन्त्री आले अध्यक्ष रहेको कोषले व्यवसायी सुरज वैद्यकी छोरीको स्वामित्वमा रहेको कम्पनीसँग सिधै प्रस्ताव मागेको छ ।
लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत ‘न्यु लुम्बिनी ग्राम’ मा ‘क्याम्पिङ ग्राउन्ड’ का लागि छुट्याइएको जग्गामा रिसोर्ट बनाउने कोषमा पाँच महिनाअघि प्रस्ताव परेको थियो । ‘सम्सारा वेलनेस रिसोर्ट’ का तर्फबाट सभाना वैद्य बस्न्यातले राखेको प्रस्तावका आधारमा आलेको अध्यक्षतामा गत मंसिर ११ मा बसेको बैठकले सम्सारासँग विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको हो । कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार ‘रिसोर्ट सञ्चालनको कार्यविधि, सम्झौताको सर्त र संरचनाको ड्रइङ’ स्वीकृतिका लागि पेस गर्न दिने निर्णय भएको छ । लुम्बिनीमा खाली रहेको एकमात्र क्षेत्र पनि बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई जिम्मा लगाउने तयारी भएपछि कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले असन्तुष्टि जनाउनुभएको थियो । गुरुयोजनामा न्यु लुम्बिनी ग्रामभित्र उच्च, मध्यम र सामान्य स्तरका होटल रहने भनिएको छ ।

प्रकाशित : १० माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६