जीवनशैली

लुम्बिनी प्रदेशका सबै नागरिकलाई फागुन महिनासम्म खोप लगाइने :इन्द्रजित थारू



रुपन्देही १० माघ । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताएक छन् । उनले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो मात्रा दिने तयारी गरिएको बताए । दोस्रो खोप लगाएकामा कोरोना सङ्क्रमणको सङ्ख्या र त्यसको जोखिम पनि कम भएको बताउँदै मन्त्री थारुले खोप प्रदान गर्ने कार्यलाई द्रूत गतिमा अगाडि बढाइएको जानकारी दिए ।


रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पहिलो खोप लगाएकामध्ये दुई प्रतिशत र दुवै खोप लगाएकामध्ये एक प्रतिशतको मात्र मृत्यु भएको बताए । उनले ग्रामीण भेगका नागरिकमा चेतनाको अभावले गर्दा खोप लगाउनेको सङ्ख्या पूर्ण हुन नसकेको जनाउँदै स्थानीय तहको समन्वयमा नागरिकलाई खोजी गरेरै खोप लगाउने तयारी गरिरहेको उल्लेख गरे ।

पूर्वस्वास्थ्य मन्त्री तथा एमाले संसदीय दलका सचिव भोजप्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको धारणा राखे । उनले नागरिकलाई खोप लगाउने विषय, कोभिड नियन्त्रण तथा व्यवस्थापन, स्थानीय पालिकासँग समवन्य र परिचालनका साथै कर्मचारी परिचालनमा प्रदेश सरकारको भूमिका कमजोर भएको टिप्पणी गरे । उनले प्रतिपक्षले महामारीमा सरकारका योजना तथा मन्त्रीले ल्याएका कार्यक्रम कार्यान्वयनमा सहयोग र सहकार्य गर्न तयार रहेको जनाउँदै बजेट जोगाउने नाममा जनताका सुविधा कटौति गर्ने र विगतको सरकारले ल्याएका राम्रा योजना कटौती गर्न नहुने बताए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले कोरोना नियन्त्रण, व्यवस्थापन तथा पूर्वतयारीमा सरकार असफल भएको र कोभिड नियन्त्रणको विषयले महत्व नपाएको आरोप लगाए । लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले महामारीमा निजी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई उपेक्षा गरेको बताए । नेपाल जनस्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सहकोषाध्यक्ष उमा थापाले विश्व नै कोरोनाबाट आक्रान्त भइरहेको समयमा स्वास्थ्यकर्मीले चौबिसै घण्टा खटेर काम गर्दा पनि मूल्याङ्कन नभएको गुनासो गरे ।

प्रकाशित : १० माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६