अर्थ-वाणिज्य

७ अर्ब लगानीमा बन्दै गरेको प्रादेशीक अस्पतालमा १२ सय शैय्या,१०० चिकित्सक




रुपन्देही ११ माघ ।दुई वर्षअघिसम्म लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा धेरै सटरहरू थिए। ७३ वटा व्यावसायिक सटरहरू अस्पतालले भाडामा लगाएको थियो। तिनमा रहेका फार्मेसी र क्लिनिकबाट अस्पताल विकास समितिले ७ करोड बढी आम्दानी गर्थ्यो। यो आम्दानीभन्दा भारी थियो अस्पतालले यिनकै कारण कमाएको बदनामी । पछिल्ला केही वर्षयता भने लुम्बिनी प्रादेशिक अस्पतालले विस्तारै सुधारको बाटो समातेको छ। दुई वर्ष पहिलेसम्म निजी क्लिनिकले घेरिएको अस्पताललाई अहिले सडकबाटै देख्न मिल्ने बनाइएको छ। सटर भत्काएर कम्पाउण्डर लगाइएको छ। अस्पतालको भौतिक संरचना निर्माणमा संघ र प्रदेश सरकारसँगै अस्पताल विकास समिति आफैंले पनि करोडौं रुपैयाँ लगानी गरेको छ।
अस्पतालमा अहिले १ सय चिकित्सक कार्यरत छन्। तीमध्ये ७० जना मेडिकल अफिसर र ३० जना विशेषज्ञ चिकित्सक छन्। २ सय ५० स्टार्फ नर्स तथा प्यारामेडिक्स, कर्मचारी गरी ७ सयभन्दा बढी जनशक्ति अस्पतालमा कार्यरत छन्। दैनिक ८ सयदेखि १ हजारसम्म बिरामीले सेवा लिन्छन्। वर्षमा करिब साढे दुई लाख बिरामीले उपचार पाइरहेको तथ्यांक अस्पताल प्रशासनसँग छ। नयाँ गुरूयोजना अनुसार यो अस्पतालमा अहिले थप गरिने सेवा सुविधाले १ सय वर्षसम्म धान्ने अनुमान गरेको छ।
गुरूयोजना अनुसार अस्पतालको संरचनाका लागि ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। नयाँ बन्ने अस्पतालको भवनमा १२ सय शैय्या, क्याथ–ल्याब, एमडी आइसियू, एसआइसियू, सिसियू, सिटिभी र स्वीट वार्डको समेत डिजाइन गरिएको छ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६