खोज–अनुसन्धान

मन्त्री प्रेम आलेको ७० करोड काण्ड वाहिरीयो : निगमको वोर्ड भित्रै भण्डाफोर




काठमाडौँ, ११ माघ । नेपाल वायु सेवा निगममा ३ जना सञ्चालहरुलाई प्रवेश नै नदिई बैठक राखिएको खुलेको छ । बैठकमा प्रवेश नपाएका ३ जना सञ्चालक सदस्यहरुले आफूहरुलाई प्रवेश निषेध गरेर निगमको सञ्चालक समितिको बैठकमा राखिएको दाबी गरेका छन् ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ३ सदस्यलाई प्रवेश निषेध गरेर निगमका अर्बौका योजनाहरु पारित गर्न खोजेको आरोप लागेको छ । अहिले मन्त्रालयमा तानिएका महाप्रबन्धक डिमप्रसाद पौडेलसहित सञ्चालक समिति सदस्यहरु ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पालाई निगमको मूल गेटमै कालो ब्यानर टाँगेर भित्र छिर्न नदिई अध्यक्ष अधिकारीले बैठक अघि बढाएका थिए ।

कोरम पुर्याएरै बैठक

प्रवेश नपाएका ३ जना सञ्चालकहरुले आफूले इमेलबाट बैठकको सूचना पाएको तर, बैठकमा जाँदा मूल गेटमा कालो ब्यानर राखिएको बताएका छन् । उनीहरुले लिखित ध्यानाकर्षण पत्र सार्वजनिक गरेरै मूल गेटमै ताल्चा लगाएर आफूहरुलाई प्रवेश गर्न नदिएको बताएका छन् ।तर, निगम स्रोतले भने बैठकमा कोरम पुगेको बताएको छ । स१चालक समितिको बैठकमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक जना किशोर प्रधान मात्र सहभागी थिए । अर्थ मन्त्रालयका प्रतिनिधि महेश आचार्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि होमनाथ लुइँटेल पनि बैठकमा सहभागी भएपछि कोरम पुगेको थियो । तर, अध्यक्षले गरेको प्रस्तावमा सरकारी प्रतिनिधिहरुले असन्तुष्टि जनाएपछि निर्णय भने हुन सकेन ।

एमआरओ छनोटदेखि एजेन्ट नियुक्ति सम्मका एजेण्डा

सञ्चालक समितिको बैठकमा मुख्य गरी २ वटा एजेण्डा थिए । पहिलो एजेण्डा थियो, निगमका विमानको इन्जिन बनाउन एमआरओ छनोट गर्ने । चीनको एक कम्पनीलाई एमआरओको जिम्मा दिने तयारीमा अध्यक्ष अधिकारी थिए । ३ अर्ब ५० करोडको यो काममा चिनियाँ कम्पनीले २० प्रतिशत कमिशन दिने भन्दै जतिसक्दो चाँडो यो निर्णय गराउने दाउमा अध्यक्ष रहेको स्रोत बताउँछ । तर, यो विषय अदालतमा विचारधीन रहेकाले अहिले नै निर्णय गर्न नहुनेमा बैठकमा जान नपाएका ३ जना र सरकारको तर्फबाट प्रनिधित्व गर्ने मन्त्रालयका अधिकारीहरुको एक स्वर भएपछि अध्यक्ष अधिकारीले निर्णय गराउन सकेका छैनन् ।दोस्रो एजेण्डा थियो, केही गन्तव्यका लागि ‘थर्ड पार्टी एजेन्ट’ नियुक्त गर्ने । नाफामा उडान भईरहेको जापान, मलेसिया र हङकङमा तेस्रो पक्षलाई एजेण्ट नियुक्त गर्ने दाउमा पनि अध्यक्ष अधिकारी लागेका छन् । यी एजेण्डा पर्यटनमन्त्री प्रेम आलेको स्वार्थमा आएको निगम स्रोतको दाबी छ ।

निगमका विमानको इन्जिन बनाउन चिनियाँ कम्पनीलाई एमआरओको जिम्मा दिँदा ३ अर्ब ५० करोडको २० प्रतिशत अर्थात् ७० करोड कमिशन आउने उक्त कमिशनबाट मन्त्रीले आफूलाई साथ दिएका सञ्चालहरुलाई केही रकम छुट्याउने आश्वासन दिएकाले अध्यक्ष र केही सञ्चालक जतिसक्दो चाँडो यो काम टुङ्ग्याउने दाउमा रहेको स्रोतले बताएको छ । तर, बैठकमा सहभागी हुन नदिईएका ३ सञ्चालकले यी दुबै एजेण्डामा असहमित जनाएका छन् । उनीहरुले बैठकमा उपस्थित हुने वातावरण नभएको भन्दै प्रधानमन्त्री र पर्यटन मन्त्रीको समेत ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : १२ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६