प्रदेश

राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु, टाढा जाने बाध्यता हट्यो



दाङ, १२ माघ । दाङको तुल्सिपुरमा रहेको राप्ती आँखा अस्पताल रक्षाचौरमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको छ । नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरू भएको हो ।

अस्पतालले पहिलो पटक बाँकेको राप्ती सुनारी–१ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गरेको हो । नेपाल आँखा बैंकले उपलब्ध गराएको नानी कुमालको आँखामा प्रत्यारोपण गरिएको राप्ती आँखा अस्पतालकी कर्निया रोग विशेषज्ञ डा। ज्योती सापकोटाले जानकारी दिनुभयो । एक महिना अगाडि कुमालको आँखामा मकैका कारण नानीमा चोट लागेको थियो । आँखाको नानीमा चोट लागेर औषधिले सञ्चो नभएपछि आँखाको नानी फेर्ने शल्यक्रिया गरिएको डा. सापकोटाले बताउनुभयो । यस्तो शल्यक्रिया राप्तीमा पहिलो पटक भएको उहाँको भनाइ छ ।

राप्तीमा उपचार सुरु भएपछि आँखाको नानी फेर्नका लागि काठमाण्डौ वा अरु सेवा भएका ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित : १२ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६