खोज–अनुसन्धान

मन्त्रालयको अनुगमनमा साझेदारी बनभित्र अनियमिमता पुष्टी भएन




कपिलवस्तु १५ माघ ।नेपाल सरकारले रोकेपनि कपिलवस्तुमा बैज्ञानिक वन ब्यवस्थापनका काम डिभिजन बन कार्यलय कपिलवस्तु का प्रमुख विजय सुबेदीले जवरजस्ती अघि बढाएको भन्ने समाचार प्रकासन प्रशारण भएपछि प्रदेशको वन मन्त्रालयले स्थलगत अनुगमन गरेकोछ । बन मन्त्रालयका सचिव पशुपतिनाथ कोइरालाले स्थलगत अनुगमन गर्दा वाहिर आएजस्तो अनुमति नलिई जथाभावि बैज्ञानिक बन ब्यवस्थापनका काम अघि बढाइएको भन्ने कुरा सत्य नभएको पुष्टि भएको वताउनु भयो । सचिव कोइरालाले प्रेसपाटीसंग कुराकानी गर्दै जे गर्न मिल्ने हो त्यो मात्र काम भएको पाइएको वताउनु भयो ।
कपिलवस्तु डिभिजन वन कार्यलय तौलिहवाका प्रमुख विजय सुबेदीले फायरलाइन वनाउने काम भएको तर कटानी र छटानी जस्ता काम सरकारले रोकेपछि नगरिएको औल्याउनु भयो । कतिपय संचार माध्यमले डिएफओले बन ध्वस्त पारे भनेर समाचार बनाएको भन्दै गर्न नमिल्ने काम नगरेको उहाको दावि छ ।यता तिलौराकोट साझेदारी वन ब्यवस्थापन समुहका अध्यक्ष जय प्रकास पाण्डेले तिलौराकोट साझेदारी वनमा प्रदेशको वन ऐनले गरेको ब्यवस्था भन्दा अलग्गै कुनै काम नभएको वताउनु भयो । मन्त्रालयका सचिवको नेतृत्वमा राष्ट्रपति चुरेसंरक्षण समिति वुटवलका प्रतिनिधी समेतले स्थलगत रुपमा अनुगमन गरेर गलत काम नभएको पुष्टि गरेको उहाको भनाइछ ।

प्रकाशित : १५ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६