प्रदेश

कपिलवस्तुमा चार करोड भन्दा बढि इट्टा नष्ट, बिमा नहुँदा ब्यवसायी मर्कामा




हरि घिमिरे,

कपिलवस्तु १६ माघ ।गत आईतवार र सोमवार परेको बेमैसमी बर्षले कपिलवस्तु लगाएत लुम्बिनी प्रदेश भरिका इट्टा ब्यवसायीहरु मर्कामा परेका छन् । जिल्लाको कृष्णनगर, विजयनगर, शिवराज, महाराजगंज, बुद्धभुमि, तैलिहवा, मायादेवि, यसोधरा, शुद्धोधन, बाणगंगामा सञ्चालित इट्टा उधोगहरुमा बर्षले थप क्षति पुगेको इट्टा ब्यवसायीहरु बताउछन् । करिव ३० कारोडको क्षति ब्यर्होन बाध्य भएको उनिहरुको भनाई छ । काँचो ईट्टाको बिमा नहुदा कपिलवस्तुमा करिव चार करोड इट्टा नष्ट भएको इट्टा ब्यवसायी संघ कपिलवस्तुका महासचिव नेत्र पाण्डेले बताए ।

उनले भने“कपिलवस्तुमा सञ्चालित ७० वटा इट्टा उद्योगहरुले बिमाकै कारण बर्षेनी करोडौको नोक्सान ब्यहोरी रहेका छन । आज भन्दा एक महिना अगाडि मात्रै परेको बर्षले पनि ब्यवसायिले नोक्सानि बेर्होनु परेको थियो । यस्तै कोईलाको रेट दोब्बर हुदाँ आपुर्तिमा असहज भएको छ । यस्तै विविध कारणले उपभोक्ताहरु प्रत्यक्ष चर्को मुल्य तिरेर इट्टा खरिद गर्न बाध्य छन् । काँचो ईट्टाको अभाव हुदाँ ईट्टा उत्पादन हुन सकेको छैन् । यस बर्ष ईट्टाको मुल्य १८ रुपौंया देखि २० सम्म पर्न सक्ने बताईएको छ । यस प्रति कुनै निकायले चासो दिएको छैन् । जसले गर्दा बजारमा ईट्टा अभाव हुने देखिएको छ ।

प्रकाशित : १६ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६