काठमाण्डौ, १७ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिको विवरण उपलब्ध गराउन पालिका र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई ताकेता गरेको छ ।
२४ लाख डोज खोप हराएको भनेर आलोचना भइरहेको बेला मन्त्रालयले आज सोमवार सूचना निकालेर आउँदो शुक्रवार दिउँसो ३ देखि ४ बजेसम्म तथ्याङ्क उपलब्ध गराउन भनेको छ ।
मन्त्रालयले निकालेको सूचनामा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सात वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लामा रहेका ७७ वटै स्वास्थ्य कार्यालय र सात सय ५३ वटै पालिकालाई डीएचआईस–२ प्रणालीमा अनिवार्य तथ्याङ्क प्रविष्ट गर्न भनेको छ ।
प्रतिक्रिया