प्रदेश

स्थानीय निर्वाचनको मिति घोषणा गर्न एमालेको दबाव



काठमाडौं, १७ माघ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारलाई दबाव दिएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटो घोषणा गर्नुपर्नेमा जोड दिएको हो । ‘स्थानीय निर्वाचन वैशाखको महिनाभित्र गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्ने हाम्रो कुरा हो’, बैठकपछि सचिव पद्मा अर्यालले भनिन्, ‘स्थानीय तहको निर्वाचनाका सम्बन्धमा पार्टीको स्थायी समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्छ ।’

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रिय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिइन् ।

प्रकाशित : १७ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६